अपराध

    Showing 1,941-1,950 of 2,232 items.
  • एक महिनामै अपराधका ४४६८ मुद्दा दर्ता भए

    काठमाडौं— फागुनमा मात्र देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका ११२७ (२५.२२ प्रतिशत) रहेका छन् ।काठमाडौं उपत्यकामा अपराधका घटना बढी हुनुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले जानकारी दिए ।उनका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन् । पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको उनले बताए ।बैंकिङ कसुरमा एक हजार एक सय २७ मुद्दा दर्ता भएका छ

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 340 पटक पढिएको
  • अखेटोपहार सालकको खपेटासहित एक जना पक्राउ

    काठमाडौं— काठमाडौंको चन्द्रागिरी नगरपालिका ४ पानी घाटस्थित चित्लाङ - थानकोट सडकखण्डबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुग गाउपालिका वडा नं. ६ घर भएका ३२ वर्र्षीय सुवास तामाङ रहेका छन् । मकवानपुरको चित्लाङबाट थानकोट आइरहेका उनलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा सालकको खपेटा जस्तो देखिने चिजवस्तु ८ थान, नग्रां एक थान, हड्डी एक थान, दुम्सीको काँडा जस्तो चिजवस्तु तीन थान, नगद रुपैयाँ ५२ हजार र कलर्स कम्पनीको सादा मोबाइल एक थान बरामद गरेको प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 393 पटक पढिएको
  • अपहरणको धम्की आरोपमा पक्राउ परे साह

    काठमाडौं— अपहरणको धम्की दिएर आपराधिक लाभ लिन खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको धनकौला गाउँपालिका–२ घर भइ भक्तपुरको लोकन्थली बस्ने सुदीपकुमार साह गुप्ता छन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले आपराधिक लाभ लिने उदेश्यले योजनाबद्ध रूपमा विभिन्न धाक धम्की दिएको र अपहरण समेत गर्ने बताएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।उनलाई कोटेश्वरबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । उनीविरुद्ध यसअघि प्रहरी वृत्त थानकोटबाट १५ मंसिर २०७९ मा लागूऔषधको कसुरमा मु

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 440 पटक पढिएको
  • जनकपुरबाट लागुऔषध गाँजासहित एक जना पक्राउ

    जनकपुर । जनकपुरबाट करिब ५ क्वीन्टल लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा बर्दिवासबाट खटेको टोलीले जनकपुर–ढल्केवर ६ लेन सडकखण्ड अन्तर्गत करिब ४ क्वीन्टल ७७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो । शुक्रबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नीरिक्षक सँजीप कुमार यादवको कमाण्डमा गएको टोली, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, प्रहरी चौकी लक्ष्मिनियाको टोलीले उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । ढल्केबरतर्फबाट जनकपुरतर्फ आउदै गरेको मधेश प्रदेश–०३–००२ ख २५२० नम्बरको निलो रंगको आयसर मिनि ट्रकलाई धनु

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 713 पटक पढिएको
  • घरेलु कामदारलाई खुकुरी प्रहार गर्ने सापकोटा पक्राउ

    काठमाडौं— घरेलु कामदारलाई खुकुरी प्रहार गर्ने विराटनगर महानगरपालिका-२ स्थित  दुर्गा चोकका सक्षम सापकोटालाई  प्रहरीले पक्राउ गरेको छ।कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका उनलाई करिब  ५ घण्टामा   प्रहरीले नेपाल–भारत सीमा क्षेत्र नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।विराटनगर-२ का अन्दाजी २८ वर्षीय सापकोटाले आफ्नै घरमा काम गर्दै आएका विराटनगर-१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी हानेर फरार भएको र उनलाई रानी एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता  डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।घाँटीमा चोट लागेका घाइतेलाई उपचारका ला

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 424 पटक पढिएको
  • पत्रकारलाई धम्क्याएको घटना प्रति महासङ्घको ध्यानाकर्षण

    काठमाडौं— पत्रकार मिलन विकलाई नेपाल लाइफ इन्स्योरेन्स मन्थलीकी अभिकर्ता कमला बस्नेत (कार्की) ले फोनबाट भौतिक कारबाहीको धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै धम्कीबारे ध्यानाकर्षण भएको जनाएको छ ।२०८१ चैत्र २ गते शनिबार रामेछापटाइम्स डटकममा भिडियोसहित उक्त इन्स्योरेन्सका बारेमा प्रसारण भएको समाचार सामग्रीलाई लिएर अभिकर्ता बस्नेतले महासंघ रामेछाप शाखाका कार्यसमिति सदस्य पत्रकार विकलाई अपमानपूर्वक व्यवहार गर्दै भौतिक कारबाहीको धम्की दिएकी महासंघ रामेछाप शाखाले जनाएको छ ।कुनै पनि समाचारमा गुनासो भए त्यसविरुद्ध कानुनी उपचार या प्रेस काउन्सि

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 439 पटक पढिएको
  • काठमाडौंबाट एक ट्रक रुपैयाँसहित २ जना पक्राउ

    काठमाण्डौ  ।  काठमाडौंबाट एक ट्रक रुपैयाँसहित २ जना पक्राउ। २० करोड बढी रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  रकम एकिन गर्न गन्दै प्रहरीले गन्दै छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी र मानिससहित २५ करोड बराबरको रकम बरामद गरेको स्रोतले बतायो। गाडिमा युरो र अमेरिकी डलर बरामद भएको स्रोतले जनाएको छ। प्रहरीले यसबारे विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। 

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 264 पटक पढिएको
  • २५ करोड नगदसहित एकजना पक्राउ, कहाँबाट आयो यत्रो पैसा

    काठमाडौं— प्रहरीले करिब २५ करोड नगदसहित दुईजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको हो । नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित एकजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।  अवैध रकमसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको प्रहरीले जनाएको छ ।अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने काम गरिरहेका छन् ।काठमाडौंको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको छ । ट्रक चालक सहित दुईजना पक्राउ परेका छन् ।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 1,281 पटक पढिएको
  • प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

     काठमाडौं— सर्लाहीको हरिपूर्वाका एक युवकलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१७, रानिगन्जकी ३२ वर्षीया लक्ष्मीकुमारी महतो रहेकी छन्। महतोले हरिपूर्वा नगरपालिका–५, का २१ वर्षीय जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार शिवमकुमार यादवलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै पटक–पटक गरी दुई लाख ७५ हजार रुपियाँ ठगी गरेको प्रमाण फेला परेको थियो। सार्वजनिक मुद्दामा धनुषा प्रहरीको नियन्त्रणमा रहेकी लक्ष्मीकुमारीलाई त्यहाँबाट हिरासतमुक्त भएपछि सर्लाही ल्याइएको हो। धनुषामा अदालतको आदेश अनुसार धरौटी रकम बुझाउन

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 408 पटक पढिएको
  • इराक पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

    काठमाडौं— घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  नुवाकोट तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई पक्राउ गरेको हो ।उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । हिरा तामाङ समेतले इराकमा घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई दुबई हुँदै इराकमा पुर्‍याई विभिन्न व्यक्तिहरूको घरमा पठाई चरम श्रम शोषण गरी शारीरिक यातना समेत दिई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।उनी उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनु

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 420 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.