अपराध

    Showing 1,931-1,940 of 2,232 items.
  • पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद

    महोत्तरी । महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो ।पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको गाँजा बरामद गरिएको ब्यूरोका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीले जानकारी दिए । सोमबार साँझ बिपी राजमार्गको बर्दिबास–३ गौरीडाँडास्थित ट्राफिक प्रहरी पोष्ट अगाडि वागमती प्रदेश–०१–००६–ख ५३७१ नम्बरको ट्रक जाँच गर्दा ट्रकको हुटमाथि प्लाष्टिकमा बेरिएको दुई क्विन्टल ३५ किलो गाँजा बरामद गरिएको थियो ।गाँजासँगै ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–७ डाँडाबासका २७ वर्षीय कविराज गोलेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 363 पटक पढिएको
  • लागुऔषध कारोबारीले प्रहरीलाई कुटेर पेस्तोल लुटेपछि...

     काठमाडौं— मकवानपुरमा लागुऔषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटिएको छ। सोमबार कैलाश गाउँपालिका–६ स्थित दुम्सीखर्क जङ्गलमा अफिम कारोबारी रहेको सूचना आएपछि गएको प्रहरी टोलीको पेस्तोल लुटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहितको प्रहरी टोलीमाथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको छ। खड्काका अनुसार पहिले उनीहरू अफिम छाडेर भागेका थिए। पछि अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालयतर्फ आउँदै गर्दा प्रहरीलाई कुटपिट गरेका थिए। लागुऔषध कारोबा

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 324 पटक पढिएको
  • सशस्त्र प्रहरीको बन्दुक खोस्ने पक्राउ, बन्दुक भने अझै फेला परेन

    काठमाडौं— राजावादी प्रदर्शनका क्रममा सशस्त्र प्रहरी बलको ग्यास गन खोस्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। व्यक्ति पक्राउ परे पनि हालसम्म उक्त हतियार फेला भने फेला परेको छैन।पक्राउ पर्ने व्यक्ति रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ निवासी ३८ वर्षीय गोपाल मल्ल रहेका छन्। उनी हाल काठमाडौंको तारकेश्वर—१० मा बस्दै आएका थिए। प्रहरीले उनलाई भिमसेन गोलाबाट पक्राउ गरी गौशालास्थित प्रहरी कार्यालयमा बुझाएको हो।बन्दुक अझै बेपत्ता, खोजी जारीघटनापछि प्रहरीले हराएको ग्यास गनको खोजी तीव्र पारेको छ। तर, अहिलेसम्म उक्त बन्दुकको अवस्थाबारे कुनै ठोस प्रमाण भेटिएको छैन। सुरक्षाकर्मीहरूलाई लक्षित गरेर गरिए

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 319 पटक पढिएको
  • माकलबारीमा गाडिएको शव फेला, छजना पक्राउ

    काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा फेला परेको हो । प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित पाँच नेपालीलाई पक्राउ गरेको छ । लेनदेनको विषयलाई लिएर उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारामा बसोबास गर्दै आएका साह यही चैत ११ गतेदेखि हराइरहेको भनी प्राप्त

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 395 पटक पढिएको
  • हत्याको विरोधमा प्रदर्शन गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप

    काठमाडौं— धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । आइतबार जनकपुरधाम–भिठामोड सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो ।झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय र केही प्रहरी समेत घाइते भएका बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ ।१५ दिनअघि होलीको दिन बिन्धीमा चक्कु प्रहार गरी १७ वर्षीय आशु यादवको हत्या गरिएको थियो । घटनामा संलग्न भनिएका एक युवक पक्राउ परे पनि ६ जना फरार छन् ।हत्यामा संलग्न अरू व्यक्तिलाई प्रहरीले अझै पक्राउ नगरे

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 377 पटक पढिएको
  • सिरहा घटनाः प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

    सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दाको छ दिनमै अनुसन्धान सकाएर प्रहरीले बिहीबार प्रतिवेदन सरकार वकिललाई बुझाएको हो ।अनुसन्धान प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन गर्ने काम भइरहेको जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतले जानकारी दिए । अध्ययनपछि उक्त प्रतिवेदन अदालतमा अभियोगपत्रका रुपमा दायर गरिने उनले बताए ।औरहीका दलित समुदायका दीपक मल्लिकको घर भत्काएको घटनामा यही चैत ९ गते साँझ गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 382 पटक पढिएको
  • ३० हजार घुससहित प्रहरी चौकीका प्रमुख पक्राउ

    काठमाडौं—  रूपन्देहीमा एक प्रहरी नायब निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया)प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई  ३० हजार घुसको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ।बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरीदिने भन्दै घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रहरी नायब निरीक्षक खड्कालाई पक्राउ गरेको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिए। कार्यालय प्रमुख भट्टराईका अनुसार, रुपन्देहीको

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 375 पटक पढिएको
  • जुटको बोरामा बेरेर माटोमा गाडिएको अवस्थामा भेटियो गुलशनाको शव

    सिरहा । गत फागुन २९ गते हराएकी १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ ।गोलबजार नगरपालिका–९ गोविन्दपुर गाउँकी बालिका गुलशना गत २९ गते फागुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी फर्किनन् । मंगलबार बिहान गोठालाहरु झाडी बुट्यान छेउछाउबाट गन्ध चलेको चर्चा भएपछि स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए । गोलबजार ९ का पूर्ववडाध्यक्ष रामपुकार कामतीले भने,‘एकातिर गाउँमा बालिका हराइरहेको खबर डढेलो झैं फैलिएको थियो । अर्कोतिर वनमारा झाडीभित्रबाट लास कुहिएको गन्ध आएपछि गाउँमा आशंका जाग्यो । दुर्भाग्यवश आशंका सत्यमा परिणत भयो । १३ वर्

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 295 पटक पढिएको
  • भ्रष्टाचार मुद्दामा फरार विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

    काठमाडौं— भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । चितवन स्थायी घर भई हाल जिल्ला काठमाडौंको वनस्थली बस्ने ६५ वर्षीय उप्रेती गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट दायर गरेको मुद्दामा सर्वोच्च अदालतले गत १२ गतेको फैसला गर्दै उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार चार सय त्रियासी रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो ।  सो सजाय बेरुजु भई फरार रहेका उप्रेतीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोली आइतबार वनस्थलीबाट पक्राउ गरेको

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 405 पटक पढिएको
  • लागुऔषध सहित ४ जना पक्राउ

    काठमाडौं— झापा, मोरङ र उदयपुरबाट आइतबार प्रतिबन्धित लागुऔषध सहित ४ जना प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला किसानगन्ज–२ का २३ बर्षीय सलम, मोरङ केराबारी गाउँपालिका–७ का २३ बर्षीय सनम राई, २७ बर्षीय रुपेश तामाङ र उदयपुरको त्रियुगा नगरपालिका–१ खैजनपुरका २२ बर्षीय सन्तोष चौधरी रहेका छन् ।इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ भन्सार चोक स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेका सलमलाई लागुऔषध ब्राउनसुगर ४ ग्राम ५५ मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएकाृ छ। यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटन

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 586 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.