अपराध

    Showing 1,911-1,920 of 2,232 items.
  • अवैध लागु औषधसहित ५ जना पक्राउ

    काठमाडौं— अवैध लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। गएराति अन्दाजी ११ः४५ बजे जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनी स्थित हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखिएको ३०५ किलो गाँजासहित ३ जनालाई प पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरका राजन लामा, ट्रकमा सवार ईश्वर लोप्चन  र ओसार पसारमा संलग्न  जीवन ठोकर रहेका छन् । त्यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोली प्रसौनी  ४

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 223 पटक पढिएको
  • गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

    काठमाडौं— कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ। गएराति मायादेवी गाउँपालिका–१ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको प्रहरीको भनाइ छ। उनको अवस्था खतरामुक्त भएको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 380 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषध कारोबारमा आमाछोरा प्रहरीको फन्दामा

    काठमाडौं— सुर्खेतमा प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा आमा छोरा प्रहरीको फन्दामा परेका छन् । बिहीबार वीरेन्द्रनगर नगरपालिका—१२ पदमपुरकी ४५ वर्षीय विनिता दर्लामी र उनका २४ वर्षीय छोरा बसन्त दर्लामीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । विनिताको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले बताए । उनका अनुसार उनीहरुको साथबाट ३ दशमलव ३४० ग्राम लागुऔषध फेला पारेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 306 पटक पढिएको
  • बाल यौन दुरुपयोगको आरोप लागेका रामबहादुर बम्जनले पाए सफाइ

    काठमाडौं— उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।भट्ट र भण्डारीको इजलासले ६ चैत, २०८० मा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको हो । उनीहरू दुवैले जिल्ला अदालतमा पनि सफाई पाएका थिए ।जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 339 पटक पढिएको
  • लेनदेनको विषयमा विवाद भएपछि वाइबामाथि आक्रमण

    काठमाडौं— आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । बुधवार राति उनकै सहकर्मीले काँडाघारीमा वाइबालाई रेन्चु प्रहार गरेकी हुन् । राम मन्दिर नजिकै पहेँलो पुलमा रेन्चु प्रहारबाट वाइबा सामान्य घाइते भएकी हुन् । वाइवाकी सहकर्मी शर्मिला श्रेष्ठ राईले उनलाई रेन्चुले प्रहार गरेकी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।वाइबा हाल बौद्ध स्थित स्तुपा अस्पतालमा चिकित्सकहरूको अव्जरभेसनमा छिन् । उनीहरू पहिले सँगै बस्ने गरेको पाइएको छ । लेनदेनको विषयमा विवाद हुँदा रेन्चुले प्रहार गरेर श्रेष्ठ भने फरार भएकी थिइन् ।

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 236 पटक पढिएको
  • २५ करोड प्रकरण : चालक कारागार, मालिक फरार

    काठमाडौं— काठमाडौंको टोखास्थित झोरबाट २५ करोड बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् ।ट्रक चालक सिन्धुपाल्चोकको फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई कारागार चलानको आदेश दिएको हो ।योसँगै उनी कारागार चलान भएका छन् । यता २५ करोडको मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलले फरार छन् ।उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।दुवै जनालाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुस

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 336 पटक पढिएको
  • कर्तव्य ज्यान कसुरका फरार व्यक्ति ३१ वर्षपछि पक्राउ

    काठमाडौं— कर्तव्य ज्यान कसुरका फरार एक व्यक्ति ३१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको चौंरीदेउराली गाउँपालिका—२ का ५७ वर्षीय दानबहादुर प्रधान रहेका छन् ।प्रहरीका अनुसार दानबहादुरले १६ वैशाख २०५० मा सोही ठाउँ बस्ने उत्तरबहादुर प्रधानलाई छुरा प्रहार गरेका थिए ।त्यसपछि फरार रहेको उनी ३१ चैतमा काभ्रेको धुलिखेल नगरपालिका(७ बाट पक्राउ परेका हुन् ।कर्तव्य ज्यान कसुरमा दानबहादुरलाई २६ माघ २०७६ मा जिल्ला अदालत काभ्रेपलाञ्चोकले जन्मकैदको फैसला सुनाएको थियो ।

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 175 पटक पढिएको
  • सामाजिक सञ्जालमार्फत् पुरुषको चरित्र हत्या गरेको आरोपमा एक युवती पक्राउ

    काठमाडौं— फेक आईडी बनाएर चरित्र हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोरखा जिल्ला घर भई वैदेशिक रोजगारीमा रहेकी युवतीलाई घर फर्किन लाग्दा त्रिभुवन विमानस्थलबाट शनिबार पक्राउ गरेको जनाएको छ । सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धमा रही विवाह गर्नेसम्म योजना बनाएको र पछि सम्बन्धमा दरार उत्पन्न भएपछि ती महिलाले मिल्दोजुल्दो फेसबुक आईडी बनाएर आफ्नो र परिवारको चरित्र हत्या गरेको एक पुरुषले उजुरी दिएका थिए ।  ती युवतीले आफ्नो र परिवारलगायत श्रीमती र नजिकका आफन्तहरूको समेत निरन्तर चरित्र हत्या गरेको ती पुरुषले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए । सा

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 337 पटक पढिएको
  • वैदेशिक रोजगारीमा पठाउँछु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं—  वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ घर भएका ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका–६ घर भएका ईश्वर पोखरेल छन् । खड्काले युके पठाउँछु भनेर ३६ लाख ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए। २३ वर्षीय पोखरेलले क्यानडा पठाउँछु भनेर १० लाख ५१ हजार रकम असुलेको पाइएको छ ।

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 276 पटक पढिएको
  • जडीबुटी कम्पनीमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ

    काठमाडौं— काठमाडौंको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भएका १८ वर्षीय रन्जित बस्नेत छन् । उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए । चैत १५ मा पूर्वराजा समर्थकहरुको प्रदर्शनमा सहभागी बस्नेतले जडीबुटीमा आगजनी र ट्राफिक लाइट तोडफोड गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तीनकुनेमा भएको प्रदर्शनमा अवान्छित गतिविधि गरेको आरोपमा पक्राउ पर्नेको संख्या ८२ पुगेको छ ।

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 429 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.