अपराध

    Showing 1,801-1,810 of 2,232 items.
  • लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाटभिया र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका(३ घर भएका ५८ वर्षीय सन्तकुमार चेम्जोङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ बस्ने बारा कोल्हवी नगरपालिका–२ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन् । पक्राउ मध्ये सन्तकुमारले लाटभिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र विष्णुराजले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 323 पटक पढिएको
  • भन्सार छली ल्याएका एक लाख भन्दा बढिका अवैध सामान बरामद

    बर्दिया— बर्दिया प्रहरीले एक लाख १९ हजार बराबरको भन्सार छली चेरी निकासी गरेको सामान राजापुर भन्सार कार्यालय बर्दियालाई बुझाएको छ । भन्सार छली ल्याएको कुर्ता सुरुवाल, रेडिमेट कपडा प्लाष्टिक डोरी र रासायनीक मल पक्राउ गरी राजापुर भन्सारलाई बुझाएको हो । तीन दिन यता गरेको चेकजाँचको क्रममा भन्सार छली ल्याएको सामान फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी चक्रबहादुर डमरपालले बताएका छन् । उनका अनुसार गुलरिया नगरपालिका वडा नं ११ बाट करिब ४२ हजार ७ सय बराबरको तयारी कुर्ता सुरुवाल र प्याष्टिकको डोरी फेला परेको छ । त्यसैगरी बाँसगढी नगरपालिका वडा नं

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 406 पटक पढिएको
  • मोबाइल लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

    काठमाडौं— काठमाडौंको टंकेश्वरबाट मोबाइल लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जेठ ११ मा पीडितलाई कुटपिट गरेर आरोपीहरुले वान प्लस मोबाइल लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । पक्राउ पर्नेमा कालिमाटी बस्दै आएका सुरज थापा मगर ‘च्वाँचे’, २४ वर्षीय सन्तोष तामाङ र धादिङ घर भएका १९ वर्षीय प्रविन भण्डारी छन् । आरोपीहरु यसअघि ८ वटा लुटपाट तथा चोरीको घटनामा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको एसपी बोहराको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 394 पटक पढिएको
  • भारततर्फ लैजादै गरेको ६० केजि गाँजा बरामद, शसस्त्र प्रहरी देखेपछि गाँजा छोडेर मान्छे फरार

    बारा— बाराको सिम्रौनगढ नगरपालिका–४ मा गएराती लुकाईछिपाइ भारततर्फ लैजादै गरेको प्रतिबन्धित गाँजा शसस्त्र प्रहरी देखेपछि वेवारिसे छोडेर भागेका छन् । सोही नगरपालिकाको गङ्गानगरमा १२ः४५ बजे ६० केजी गाजा वेवारिसे छोडेर भागेका हुन् ।गोप्य सूचनाका आधारमा ससस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा बल पिपरपाती गुल्मपती प्रनाउ राजन लाल श्रेष्ठको कमाण्डमा खटिएको टोली त्यसतर्फ गएकोे प्रनाउ राजनलाल श्रेष्ठले जानकारी दिए । सोमबार (आज) १२ः४५ बजे राती लुकाईछिपाई टाउकोमा बोकि खेतको आलीआली हुँदै भारततर्फ लैजादै गर्दा शसस्त्र प्रहरीलाई देखेपछि मान्छे भागेकोले गाँजा छोडेर भागेको श्रेष्ठको भनाइ छ । बरामद ग

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 512 पटक पढिएको
  • बालिका बलात्कार गरेको आरोपमा २ युवक पक्राउ

    काठमाडौं— दुई बालिकालाई बलात्कार गरेको आरोपमा संखुवासभा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका ३ का २८ वर्षीय प्रकाश राई छन् ।उनीहरुले ७ जेठमा खाँदबारी बजार घुम्न आएका १६ र १७ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेको पाइएको संखुवासभा प्रहरीका इन्स्पेक्टर तथा सूचना अधिकारी अभिषेक कुमार श्रेष्ठले बताए ।खाजा खाने, घुम्न जाने भन्दै मोटरसाइकलमा राखेर खाँदबारीको एक होटलमा लगेर उनीहरुले बलात्कार गरेको आरोप छ । पीडित बालिकाको तर्फबाट जाहेरी पछि प्रहरीले आइतबार पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 488 पटक पढिएको
  • बल्खुबाट लागु औषध कारोबारमा संलग्न ४ जना पक्राउ

    काठमाडौं— राजधानीको बल्खुबाट प्रहरीले लागु औषध कारोबार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर घर भएर बुढानीलकण्ठ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे घर भएर टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट घर भएर तारकेश्वर बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ घर भएका २५ वर्षीय विजय आले मगर छन् । प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले आरोपीहरूको साथबाट १ हजार ६७ क्याप्सुल लागु औषध ट्रामाडोल बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार सिन्धुलीको गोलञ्जोर घर भएका होमराज श्रेष्ठलाई पक्राउ गरेर सोधपुछ गर्दा अरू ३ जनाको संल

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 370 पटक पढिएको
  • अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन

    जनकपुर— जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रो लिङ्गी र किन्नर)समुदायले विरोध प्रर्दशर्न गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन् ।गत चैत्र २ गत्ते होलीको दिन जनकपुरधामस्थित विन्धिमा चक्कु प्रहार गरी हत्या भएको अंशु यादवको हत्यामा संलग्नहरुलाई प्रशासनले पक्राउ नगरेको र पक्राउ गरेकाहरुलाई पनि धरौटिमा रिहा गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । उनीहरुले एकमात्र छोराको हत्या भएपछि न्यायका लागि भौंतारिँदै हिँडेको अंशुको आमालाई न्याय दिनुको साटो प्रहरी प्रशासनले पक्राउ परेकाहरुलाई धरौटीमा छाडेर झन घाउमाथि नुन छर्केको आरोप लगाएका छन्

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 721 पटक पढिएको
  • अवैध सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

    रौतहट— सर्लाही प्रहरीले अवैध समान सहितको एक ट्रकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले आइतबार बिहान बागमती नगरपालिका १२ चेकपोष्टबाट ट्रकलाई  नियन्त्रणमा लिएको हो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार बुटवलबाट विराटनगरका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९४६० नम्वरको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।ट्रकमा लोड भएका समानको प्रज्ञापन पत्र नभएको र कतिपय समानको भ्याटबिल समेत नभएको पाइएको उनले जानकारी दिए ।ट्रकबाट औषधि, मेसिन, हार्डवेयर, जिरा पाउडर, कस्मेटिक, टायर, हेल्मेट, मोटर पार्टस्, ब्याट्री,  र किचेनका समान बरामद

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 376 पटक पढिएको
  • ब्यूरोको असई भन्दै ठगी गर्ने युवक पक्राउ परे

    काठमाडौं— ब्यूरोको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका २६ वर्षीय निराजन थापा छन् । उनलाई कैलालीको अस्थायी प्रहरी पोस्ट बसपार्कबाट शनिबार पक्राउ गरेको हो ।धनगढी उपमहानरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई उनले २/३ दिनदेखि ब्यूरोको असई भन्दै पटक–पटक रकम मागेको पाइएको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 368 पटक पढिएको
  • इजरायली आक्रमणमा जब एक चिकित्सकले नौ सन्तान गुमाइन्

    गाजा— गाजामा इजरायलले गरेको आक्रमणमा एक चिकित्सकले नौ सन्तान गुमाएकी छन्। खान युनिसमा रहेको अस्पतालमा कार्यरत डा. अला अल नजारले १० मध्ये नौ छोराछोरी गुमाएकी हुन्। बाँकी एक सन्तान र उनका श्रीमान् पनि घाइते छन्।उनको बचेका ११ वर्षीय छोराको शल्यक्रिया गरेका चिकित्सक ग्रेयम ग्रमले वर्षौसम्म बाल रोग विशेषज्ञको रूपमा अन्य धेरैका छोराछोरीको ज्यान बचाउन सक्रिय उनको जीवनमा यो सबै भन्दा ठुलो बज्रपात भएको बताएका छन्।इजरायलले भने बारम्बार शङ्कास्पद व्यक्तिलाई लक्षित प्रहार गरेको तथा कतै पनि संलग्न नहरेका सर्व साधारणलाई केही पनि नगरिएको दाबी गरेको छ।इजरायली डिफेन्स फोर्स आइडिएफले उनीहरूमाथि आक्रमण गर्ने योज

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 319 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.