बारा— बाराको सिम्रौनगढ नगरपालिका–४ मा गएराती लुकाईछिपाइ भारततर्फ लैजादै गरेको प्रतिबन्धित गाँजा शसस्त्र प्रहरी देखेपछि वेवारिसे छोडेर भागेका छन् । सोही नगरपालिकाको गङ्गानगरमा १२ः४५ बजे ६० केजी गाजा वेवारिसे छोडेर भागेका हुन् ।

गोप्य सूचनाका आधारमा ससस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा बल पिपरपाती गुल्मपती प्रनाउ राजन लाल श्रेष्ठको कमाण्डमा खटिएको टोली त्यसतर्फ गएकोे प्रनाउ राजनलाल श्रेष्ठले जानकारी दिए । 

सोमबार (आज) १२ः४५ बजे राती लुकाईछिपाई टाउकोमा बोकि खेतको आलीआली हुँदै भारततर्फ लैजादै गर्दा शसस्त्र प्रहरीलाई देखेपछि मान्छे भागेकोले गाँजा छोडेर भागेको श्रेष्ठको भनाइ छ । 

बरामद गरिएको उक्त गाँजा इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको प्रहरीले जनाएको छ ।

5e062fb3-0bb4-4208-8e25-c8c172675fe5