काठमाडौं— काठमाडौंको टंकेश्वरबाट मोबाइल लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जेठ ११ मा पीडितलाई कुटपिट गरेर आरोपीहरुले वान प्लस मोबाइल लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।
पक्राउ पर्नेमा कालिमाटी बस्दै आएका सुरज थापा मगर ‘च्वाँचे’, २४ वर्षीय सन्तोष तामाङ र धादिङ घर भएका १९ वर्षीय प्रविन भण्डारी छन् । आरोपीहरु यसअघि ८ वटा लुटपाट तथा चोरीको घटनामा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको एसपी बोहराको भनाइ छ ।