अपराध

    Showing 1,761-1,770 of 2,232 items.
  • रौतहटमा १५ जना फरार प्रतिवादी पक्राउ

    रौतहट २८ जेठ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दामा १५ जना फरार प्रतिवादीहरु पक्राउ गरेको हो।पक्राउ पर्नेमा कमलेश चौबे मुद्दा बालविवाह सजाय २ महिना १५ दिन कैद २५ हजार जरिबाना, पवित्र सहनी मुद्दा अपहरण, करणी प्रयास, हातहतियार,जरिबाना २५ हजार, रिता देवी मुद्दा ज्यान मार्ने उद्योग जरिबाना ५ हजार, बाबूसाह राय यादव, ज्यान मार्ने उद्योग, ५ हजार, मनोज कुमार पटेल ,बैङ्किङ कसुर, जरिबाना ३ लाख २४ हजार, श्यामु परियार मुद्दा कुटपिट अभद्र व्यवहार सज

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 367 पटक पढिएको
  • १३ लाखभन्दा बढी भन्सार छलेर भित्र्याइएका सामान बरामद

    पर्सा— सशस्त्र प्रहरी बल नेपालको पर्सा इकाइले भन्सार छलेर भित्र्याइएका १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सो परिमाणको भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरेको हो।सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज महानगर-१० बजरंगस्थित सुधा कुञ्जबाट धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याई गोदाममा भण्डारण गरी राखेको सात लाख ७० हजार ५०० मूल्यका कपडा बरामद गरेको छ।सशस्त्र प्रहरीले बीआर०५यु ४५३० नम्बरको करिब एक लाख ५० हजार मूल्य पर्ने सुपर स्प्लेन्डर भारतीय मोटरसाइकल पनि बरा

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 506 पटक पढिएको
  • लागुऔषध कारोबारीलाई नियन्त्रण लिन टोखामा प्रहरीले गोली चलायो

     काठमाडौं— प्रहरीले काठमाडौंको टोखामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । टोखामा रहेको ग्रान्डी अस्पतालनजिकै गोली हानेर दुईजना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।गोली लागेर घाइते भएका दुई जनालाई अहिले प्रहरी अस्पताल लैजाँदै गरिएको जनाइएको छ । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रमुख एसएसपी कृष्ण कोइरालाले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिइएको जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 463 पटक पढिएको
  • ताला फोडेर निमित्त प्रशासकीय अधिकृतलाई पदभार गराउन खोज्दा झडप, कर्मचारी माथि कुटिपिट

    राजविराज— सप्तरीको राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको छ । तीनदेखि कार्यालयमा तालाबन्दी गरेकोले ताला फोडेर उपमेयर परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको बताइएको छ ।झडप भएपछि नगरपालिकाको कार्यालयमै कार्यवाहक मेयर इसरत परविन थुनिएकी हुन् । बाहिर आन्दोलन चर्काएपछि उनी करिब तीन घण्टादेखि बाहिर निस्किन सकेकी छैनन् । कार्यालयमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन भएका छन् ।स्थानीय राज रंगशाला स्तरन्नोतिको भ्रष्टाचार मुद्दामा मेयर भीमराज यादव निलम्बित छन् । उनका समर्थकले परविनलाई क

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 338 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कञ्चनपुर भीमदत्त नगरपालिका—१ घर भएका ३९ वर्षीय राम बहादुर बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १४ गतेको फैसलाले उक्त मुद्दामा २० लाख रुपैयाँ जरिवाना, ७ दिन कैद र ८० हजार रुपैयाँ क्षतिपूर्ति भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 367 पटक पढिएको
  • लागू औषध सहित ६ जना पक्राउ

    सुनसरी— सुनसरी र ताप्लेजुङबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अबिनाश चौधरी, सन्तोष श्रेष्ठ, जिवन बुढाथोकी, लक्ष्मण माझी, सुजन तामाङ र नितेन वर्मन रहेका छन् ।प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईटहरी–१७ का अबिनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–६ बाट सोहि स्थानका २९ बर्षीय सन्तोष श्रेष्ठ र २९ बर्षीय जिवन बुढाथोकीलाई ९२ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले १९ किलोग्राम गाँजा सहित प्रदेश १–०२–०५१ प ४८२३ नम्बरको

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 319 पटक पढिएको
  • युके पठाइदिने बहानामा ३८ जनाबाट ११ करोड ठगी, दुई पक्राउ

    काठमाडौं - वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने बहानामा करोडौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।दुबै जनालाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।उनीहरूले हालसम्म ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ।‘एकै जनाबाट ५० लाख रुपैयाँसम्म उठाएको पाइएको छ, रकम उठाएपछि दुबै जना फरार रहेका थिए,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने।पराजुली

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 220 पटक पढिएको
  • निर्मला पन्त प्रकरणको २५ सय दिन : सरकार मौन, दोषीहरू स्वतन्त्र

    कञ्चनपुर – सन् २०१८ को जुलाई २६ अर्थात् २०७५ साउन १० गते, नेपालले एउटा यस्तो दिन देख्यो जसले देशको कानुनी र सामाजिक संरचनालाई गहिरो प्रश्नमाथि उभ्यायो। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको जघन्य घटनाले सम्पूर्ण देशलाई स्तब्ध तुल्याएको थियो।तर आज, घटनाको २५०० औं दिन बितिसकेको छ—र निर्मलाले अझै न्याय पाएकी छैनन्।निर्मला पन्त, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की बालिका, घर नजिकैको साथीको घर पढ्न गएकी थिइन्। साँझसम्म घर फर्किएर नआएपछि खोजी सुरु गरियो। भोलिपल्ट ११ गते बिहान उखुबारीमा उनको शव भेटियो—बलात्कारपश्चात हत्या गरिएको अवस्थामा।त्यस दिनदेखि सुरु भएको सङ्घर्ष आज २५०० औं दिन

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 916 पटक पढिएको
  • खुकुरी प्रहार गरी भागेका दुई जना काठमाडौंबाट पक्राउ

    जाजरकोट— जाजरकोटमा पीडितलाई बाँधेर खुकुरी प्रहार गरेको घटनामा फरार अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर–७ घर भएका २७ वर्षीय दीपेन्द्र सिंह र २७ वर्षका तप्त सिंह रहेका छन् ।उनीहरूलाई कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।आरोपीहरू विरुद्ध जाजरकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जाजरकोट प्रहरीले जेठ २२ मा उनीहरूलाई पक्राउ गरिदिन पत्राचार गरेको एसपी आचार्यले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 240 पटक पढिएको
  • अत्यधिक गर्मी भएपछि चौधरी आफ्नै घर बाहिर सुतिरहेकी थिइन तर लुटिइन्

    सप्तरी— सप्तरीको रूपनी गाउँपालिका वडा नं ६ तेरहौताकी कौशला देवी चौधरी आफ्नै घरबाट लुटिएकी छिन् । घरमा सुतिरहेको बेला उनी आइतबार बिहान करिब २ बजे लुटिएकी हुन् ।अत्यधिक गर्मीका कारण घर बाहिर सुतिरहेको बेला कान, नाकमा लगाएको गहना लुटेराले थुतेर लगेको उनले बताइन् ।कानमा लगाएको सुनको कुण्डल, नाकमा लगाएको फुली गरी दुई तोला भन्दा बढी सुनको गहना लुटेर लगेको उनले बताइन् । पति र छोरा रोजगारीको क्रममा बाहिर गएको बेला घरमा छोरा मान्छे नभएको मौका छोपी बुहारी र आफू मात्रै घरमा भएको बेला लुटेराहरूले गहना लुटेर लगेको बताइन् ।गहना लुटेर घरको ताल्चा खोल्ने प्रयास गर्दा जोर जोरले हल्ला गर्न थालेपछि लुटेराहरू भाग

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 299 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.