अपराध

    Showing 1,711-1,720 of 2,232 items.
  • सोलुखुम्बुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

    सोलुखुम्बु— सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ।मृत्यु हुनेमा सोलुदूधकुण्ड–७, भित्ताखर्कका ३५ वर्षीय रबिन बस्नेत रहेका छन्। केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतका क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।घटनापछि बस्नेतलाई तत्काल जिल्ला अस्पताल फाप्लु पुर्‍याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी मनोजित कुवँरले जानकारी दिए।बस्नेत गरुढ सेक्युरिटी सर्भिसमार्फत विद्युत प्राविधिकको रूपमा कार्यरत थिए।

    • प्रकाशित मितिः असार ८, २०८२
    • 459 पटक पढिएको
  • ६१ किलो सुन तस्करी प्रकरणमा माओवादी नेतृ पक्राउ

    काठमाडौ । सुन तस्करी प्रकरणमा फरार नेकपा माओवादी नेतृ पक्राउ परेकी छिन् । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी हुन्।उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौँको टोखाबाट आज शुक्रबार पक्राउ गरेको हो।अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्।उनी माओवादीको रोल्पा-काठमाडौँ सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्। 

    • प्रकाशित मितिः असार ८, २०८२
    • 197 पटक पढिएको
  • ६० किलो सुन तस्करीका आरोपित रोका पक्राउ

    काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ६० किलो सुन तस्करीका आरोपित कमला रोकालाई पक्राउ गरेको छ । शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरिएको ब्युरोका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए ।६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी रोकाको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युटन नोटिस जारी भएको थियो ।उनी तिब्बतियन नागरिक दावा लामाकी श्रीमती हुन् । लामा पुर्पक्षकाका लागि थुनामा छन् । लामाले नेपाली नक्कली नागरिकता लिएको खुलेको थियो ।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 422 पटक पढिएको
  • बृद्दा हत्याको अभियोगमा सर्लाहीका युवक पक्राउ

    सर्लाही, ५ असार । गोडैता नगरपालिका–६ बगदह बस्ने ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय  राम अधिन रायलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।   राम अधिनले गोरेटो बाटोको विषयलाई लिई राम दुलारी र उनकी बुहारीलाई मंगलबार बेलुकी कुटपिट गर्दा उनीहरू मध्ये गम्भीर घाइते भएकी राम दुलारीको जिल्ला सरकारी अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । साथै, कुटपिटबाट घाइते भएकी राम दुलारीकी बुहारीको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 261 पटक पढिएको
  • देवरले गरे भाउजूको विभत्स हत्या

    काठमाडौं— मकवानपुरको थाहा नगरपालिका—१ कुन्छाल बस्ने ५० वर्षीया तुलमाया गोपालीको विभत्सरूपमा हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले देवर नाता पर्ने ३५ वर्षीय बिमलमान गोपालीले धारिलो हतियार प्रहार गरी तुलमायाको हत्या गरेका जानकारी दिए।खुकुरीले टाउको र घाँटीमा वीभत्स तरिकाले प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि उनी फरार भएकामा अपराह्न खुकुरीसहति पक्राउ परेका प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः असार ५, २०८२
    • 378 पटक पढिएको
  • मितेरी बचत ठगी प्रकरणः कम्बोडियामा पक्राउ परेका अभियुक्तमाथि अनुसन्धान सुरु

    काठमाडौं— मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ।प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले ४२ वर्षीय भण्डारीलाई पक्राउ गरी बुधबार राति काठमाडौं ल्याएको हो। उनलाई अब ठगीसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।सिआइबीका अनुसार भण्डारीले मितेरी सहकारीका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरूलाई झुक्याएर रु १४ करोडभन्दा बढी रकम विदेश लगिएको अनुसन्धानबाट खुलेको छ।गुरुङले अपचलन गरेको रकम थाइल्याण्ड

    • प्रकाशित मितिः असार ५, २०८२
    • 276 पटक पढिएको
  • जबरजस्ती करणीको आरोपमा बैतेश्वर गाउँपालिका उपाध्यक्षको भाइ पक्राउ

    भक्तपुर— दोलखाको बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीका भाइ सुरेन्द्र उप्रेती जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।भक्तपुरको ठिमीस्थित प्रहरी वृत्तले उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान अघि बढाइएको छ।हाल घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन। प्रहरीले अनुसन्धानको क्रममा पत्ता लागेका थप तथ्यहरू पछि सार्वजनिक गरिने जनाएको छ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 398 पटक पढिएको
  • लागू औषधसहित पाँच जना पक्राउ

    विराटनगर— सुनसरी र धनकुटा जिल्लाबाट लागू औषधसहित पाँच जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय भाण्टाबारी, लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।सुनसरीको कोशी गाउँपालिका–८ र १ बाट चेकजाँचको क्रममा ३ ग्राम ७०५ मिलिग्राम ब्राउन सुगरसहित सप्तरी महादेवा नगरपालिका निवासी २२ वर्षीय मुकेश कुमार मण्डल, २८ वर्षीय सन्तोष कुमार मण्डल, र धनकुटा पाख्रिबास नगरपालिका–९ का २७ वर्षीय रोशन तिम्सिनालाई प्रदेश १–०२–०५६ प ८०७४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँप

    • प्रकाशित मितिः असार ५, २०८२
    • 257 पटक पढिएको
  • विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं— इटाली र अजरबैजानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–७ बसोबास गर्दै आएका १९ वर्षीय दर्शन खड्का र गोरखाको धार्चे गाउँपालिका–५ घर भई हाल तारकेश्वर नगरपालिका–३ बस्ने ३७ वर्षीय सरेश गुरूङ रहेका छन्।दर्शन खड्काले तीन जना पीडितलाई इटाली पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाखका दरले जम्मा छ लाख रुपैयाँ ठगी गरेका थिए। त्यस्तै, सरेश गुरूङले अजरबैजान पठाइदिने प्रलोभन देखाई दुई जना पीडितसँग दुई लाखका दरले चार लाख रुपैयाँ लिएका थिए। पीडितहरूसँग दुवै जनाले रकम लिएपछि सम्पर्

    • प्रकाशित मितिः असार ५, २०८२
    • 452 पटक पढिएको
  • स्याङ्जामा प्रहरीको अपरेसन:४२ फरार अभियुक्त पक्राउ

    स्याङ्जा— स्याङ्जा प्रहरीले ३३ दिनमा ४२ जना फरार अभियुक्त पक्राउ गरेको छ। ३३ दिनमा विभिन्न मुद्दाका ४२ जना फरार अभियुक्त पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये ३४ जना पुरुष र ८ महिला रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। उनीहरूलाई जरिवाना र कैद सजाए तोकिएको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। स्याङ्जा प्रहरीले कार्य विवरण सार्वजनिक गर्दै नदीजन्य पदार्थ अवैध उत्खननमा संलग्न ११ वटा सवारीसाधन नियन्त्रण लिएर २ लाख ६० हजार जरिवाना गरेको जनाएको छ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 291 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.