स्याङ्जा— स्याङ्जा प्रहरीले ३३ दिनमा ४२ जना फरार अभियुक्त पक्राउ गरेको छ। ३३ दिनमा विभिन्न मुद्दाका ४२ जना फरार अभियुक्त पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका मध्ये ३४ जना पुरुष र ८ महिला रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। उनीहरूलाई जरिवाना र कैद सजाए तोकिएको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। 

स्याङ्जा प्रहरीले कार्य विवरण सार्वजनिक गर्दै नदीजन्य पदार्थ अवैध उत्खननमा संलग्न ११ वटा सवारीसाधन नियन्त्रण लिएर २ लाख ६० हजार जरिवाना गरेको जनाएको छ।