अपराध

    Showing 1,651-1,660 of 2,232 items.
  • लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

    सुनसरी— सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध ब्राउन सुगरसहित ७ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले असार १३ गतेको चेकजाँच अभियानका क्रममा ब्राउन सुगरको कारोबारमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेहरूमा धरान—११ निवासी १९ वर्षीय सुअन तामाङ, २७ वर्षीय मिसन राई, धरान१५ निवासी ३२ वर्षीय रोमन शाही, २५ वर्षीय अरुण मण्डल, ३० वर्षीय सागर तामाङ, र ३१ वर्षीय प्रस्ताव राई रहेका छन्। उनीहरूको साथबाट २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र ओसारपसारमा प्

    • प्रकाशित मितिः असार १५, २०८२
    • 656 पटक पढिएको
  • ७५ किलोग्राम गाँजा सहित तीन जना पक्राउ

    विराटनगर— लागू औषध गाँजा सहित तीन जना विभिन्न स्थानबाट पक्राउ परेका छन्। प्रहरीको सक्रियता तथा चेकजाँचका क्रममा विराटनगर, झापा र सुनसरीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित प्रहरी चौकी भरौलको टोलीले असार १२ गते चेकजाँचका क्रममा को. १ ह ९५१० नम्बरको अटोभित्र लुकाइछिपाइ राखिएको ७५ किलोग्राम गाँजा बरामद गरेको छ। उक्त अटो चालक, ईटहरी उपमहानगरपालिका–१० निवासी ४५ वर्षीय सुरतलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–६ की ५९ वर्षीया अमृत माया लिम्बु र इलाम नगरपालिका–१२ घर भई हाल अर्जुनधारा–१ मा निर्माणाधीन पुलमा काम गरिरह

    • प्रकाशित मितिः असार १५, २०८२
    • 615 पटक पढिएको
  • सुर्यविनायकमा टिप्पर अनुगमनका क्रममा तनाव, महिला पत्रकारमाथि दुर्व्यवहारको आरोप

    भक्तपुर— सुर्यविनायक नगरपालिका–५ स्थित कटुन्जे क्षेत्रमा स्थानीय नियम विपरीत गएराति ९ बजे अघि सञ्चालनमा आएको टिप्पर अनुगमन गर्ने क्रममा सुर्यविनायक–कटुन्जे प्रहरी चौकी र स्थानीयबीच अवस्था तनावपूर्ण बनेको छ। नियम कार्यान्वयन गर्न खोज्दा प्रहरीको कदम सराहनीय देखिए पनि त्यसपछि देखिएको व्यवहारले विवाद निम्त्याएको हो।प्राप्त जानकारी अनुसार, गएराति करिब ८ः३० बजे सवारी चालकले आवश्यक कागजात नदेखाएपछि प्रहरी र चालकबीच भनाभन भएको थियो। प्रहरी र चालकबीच भनाभन भएपछि स्थानीय बासिन्दाहरू सडकमा आएर घटनास्थल घेरेका थिए। घटनामा चर्को स्वर सुनिएपछि नजिकै बसोबास गर्ने दुई महिला पत्रकार घटनास्थलमा पुगेर घटना

    • प्रकाशित मितिः असार १५, २०८२
    • 898 पटक पढिएको
  • मोटरसाइकल एकापसमा ठक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

    इटहरी (सुनसरी), १५ असारः सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई घाइते अवस्थामा धरानस्थित बिपी कोइराला स्वास

    • प्रकाशित मितिः असार १५, २०८२
    • 309 पटक पढिएको
  • सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

    सिरहाको अर्नमा गाउँपालिका १ बुढियाचापमा एकजना युवकको  शव फेला परेको छ । अर्नामा गाउँपलिका १ बुढियाचापको रामसेवक महराको छोरा अन्दाजी ३५ वर्षीय अजय महराको शव आज बिहान घर अगाडि नै शव फेला परेको हो । अजयलाइ कसैले मरणासन्न हुने गरी कुटपिट गरेर घाटिमा पलास्टिकको पासो लागेको अवस्थामा उनकै घर अगाडि शव राखिएको स्थानियहरु बताउँछन् ।कुटपिट पश्चात घिसारेर उनको हत्या गरिएको स्थानियको आरोप छ। मृतक महरा मानसिक रोगिपनी रहेको एकजना स्थानीयले जनाए। उनले भने, झउनको मानसिक संतुलन ठिक थिएन।तर, उनको घरमा करिव दुई चार दिन देखी घरायसी झै झगडा समेत भैरहेको थियो। महराको हत्यमा उनको श्रीमतिको पनि सङ्लग्नत

    • प्रकाशित मितिः असार १५, २०८२
    • 203 पटक पढिएको
  • धरानमा एक युवामाथि आफ्नै साथीहरूले गरे खुँडा प्रहार

    धरान - धरान -१० मा मोटरसाइकलमा एक युवामाथि आफ्नै साथीहरूले खुँडा प्रहार गरेका छन् ।आपसी विवादमा धरान -२० का समिर राईमाथि उनकै साथीहरूले खेदाइ-खेदाई राईमाथि खुँडा हानेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा बाहिरिएको छ । उनको ढाडमा चोट लागेको छ ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 485 पटक पढिएको
  • जुवातास खेलिरहेका अवस्थामा पाँचजना पक्राउ

    काठमाडौं —  काठमाडौं महानगरपालिका–१५ डल्लुमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन्।काभ्रेको बेथानचोक गाउँपालिका–६ घर भएका २५ वर्षीय सुनिल कुमार तामाङको खाजा पसलमा जुवा खेलिरहेका बेला उनीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो। बिहीबार दिउँसो प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेकाहरूको साथबाट नगद ४४ हजार ८५ रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 562 पटक पढिएको
  • चोरीमा संलग्न तीन भारतीय महिला विराटनगरबाट पक्राउ

    विराटनगर— विराटनगरमा चोरीको घटनामा संलग्न रहेको अभियोगमा तीन जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा २४ वर्षीया प्रियङ्का धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी रहेका छन्।उनीहरु भारतको पुर्णियाबाट आएको २० देखि २५ वर्ष उमेर समूहका महिला रहेका छन।  उनीहरूलाई विहीबार १२ गते विराटनगर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । महिलाहरूले विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधन प्रयोग गरी वृद्ध तथा असहाय व्यक्तिहरूलाई लक्षित गर्दै नगद तथा गरगहना चोरी गर्ने कार्य गर्दै आएका जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कोपि

    • प्रकाशित मितिः असार १३, २०८२
    • 737 पटक पढिएको
  • बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको हत्या भएको हो । बलात्कारपछि हत्या गरेको उजुरीको आधारमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।घटना १० असारमा भएको हो । हत्या आरोपीहरुलाई शुक्रबार सार्वजनिक गरिने प्रहरीले जनाएको छ । बालिकालाई घरबाट लगेर पाँच जनाको समूहले बलात्कार पछि हत्या गरेको पाइएको एसपी कार्कीले बताए । नांगो अवस्थामा ती बालिकाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा बालिकाकै गाउँका आफन्त नाता पर्ने समेतका

    • प्रकाशित मितिः असार १३, २०८२
    • 687 पटक पढिएको
  • रुकुम पश्चिममा वाईसीएल नेता बलात्कार आरोपमा पक्राउ

    रुकुम पश्चिम— रुकुम पश्चिममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वाईसीएल (योङ कम्युनिष्ट लिग) का एक नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाईसीएल कर्णाली प्रदेश समिति सदस्य  ३० वर्षीय रेशम खत्री रहेका छन् ।खत्रीविरुद्ध १८ जेठमा पीडित किशोरीले जबरजस्ती करणीको जाहेरी दिएकी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी प्रमेश विष्टले जानकारी दिए । जाहेरीपछि प्रहरीले अनुसन्धान गरेपछी खत्री फरार रहेका थिए।सानोभेरी गाउँपालिकामा लुकीछिपी बसिरहेको भन्ने सूचना पाएपछि पक्राउ गरेको डिएसपी विष्टले जानकारी दिए। उनका अनुसार अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।खत्री सत्तारूढ नेकप

    • प्रकाशित मितिः असार १३, २०८२
    • 632 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.