रुकुम पश्चिम— रुकुम पश्चिममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वाईसीएल (योङ कम्युनिष्ट लिग) का एक नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाईसीएल कर्णाली प्रदेश समिति सदस्य ३० वर्षीय रेशम खत्री रहेका छन् ।
खत्रीविरुद्ध १८ जेठमा पीडित किशोरीले जबरजस्ती करणीको जाहेरी दिएकी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी प्रमेश विष्टले जानकारी दिए । जाहेरीपछि प्रहरीले अनुसन्धान गरेपछी खत्री फरार रहेका थिए।
सानोभेरी गाउँपालिकामा लुकीछिपी बसिरहेको भन्ने सूचना पाएपछि पक्राउ गरेको डिएसपी विष्टले जानकारी दिए। उनका अनुसार अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
खत्री सत्तारूढ नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलमा क्रियाशील थिए।