चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्जजन्तुको चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा दुई युवालाई नियन्त्रणमा लिएको छ ।निकुञ्जले कालिका नगरपालिका–११ सैपाङ बस्ने २९ वर्षीय राज चेपाङ र सोही ठाउँका ३५ वर्षीय सुन्दर चेपाङलाई नियन्त्रणमा लिएको हो ।वन्यजन्तु चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा निकुञ्ज सुरक्षार्थ तैनाथ खड्क दल गणबाट खटिएको संयुक्त अप्रेशन टोलीले राजलाई सौराहाबाट जेठ १३ गते र सुन्दरलाई आफ्नै घरमा बसिरहेको अवस्थामा जेठ १४ गते नियन्त्रणमा लिएको हो ।उनीहरूबाट दुई थान भरुवा बन्दुक पनि निकुञ्जले बरामद गरेको छ । पक्राउ परेको बन्दुक जिल्ला प्रहरी कार्यालयलाई बुझाएर उनीहरूमाथि वन्यज
मधेस प्रदेश । महोत्तरीमा अज्ञात समूहले बैंक लुटेका छन् । सोमबार मध्याह्न करिब साढे १२ बजे महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् ।उनले लुटिएको रकममा २/३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको बताए । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताए 
काठमाण्डौ । वचतकर्तालाई पाँच वर्षपछि दोब्बर रकम भुक्तानी गर्ने सर्तमा डडेल्धुराबाट मात्रै भन्डै ४२ करोड निक्षेप संकलन गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचत रकम फिर्ता दिन नसक्दा कार्यालय बन्द गरेको छ भने कर्मचारीहरू फरार भएका छन् ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आह्ववानअनुसार शिवशिवर बहुउद्देश्यीय सहकारीबाट ठगिएका डडेल्धुराका २ हजार बढी बचतकर्ताले सप्रमाण प्रहरीसमक्ष उजुरी दर्ता गराएका छन्। भक्तपुरमा प्रधान कार्यालय रहेको सो सहकारी संस्थाले डडेल्धुरा जिल्लामा शाखा कार्यालय स्थापना गरेर ६ हजार वचतकर्ताबाट निक्षेप संकलन गरेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू ब
सप्तरी । सवारी चालक अनुमती पत्र वितरणमा हुने लापर्वाही र चलखेलको अर्को उदाहरण सार्वजनिक भएको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा ६ वर्षदेखि सप्तरी कारागारमा रहेका कैदीले कैद भुक्तान गरिरहेकै समयमा सवारी चालक अनुमती पत्र लिएको खुलासा भएको हो। सप्तरीको खडक नगरपालिका–७ तथा साबिक कल्याणपुर गाविस–२ निवासी मोहम्मद सैयद मियाँ ०७४ वैशाख ५ गतेदेखि नै कारागारमा छन्। सप्तरी जिल्ला अदालतको फैसला अनुसार कारागारमा रहेका उनको त्यसपछिको मितिमा सवारी चालक अनुमति पत्र वनेको पाईएको छ। यातायात व्यवस्था कार्यालय इटहरीबाट सैयदको नाममा ०७४ असार ३० गते चालक अनुपती पत्र जारी भएको छ। उनीसँग
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ ।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरूको आजदेखि अदालती बयान सुरु हुन लागेको हो ।सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, काँग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो ।गत सोमवार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलक
रौतहट । रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ। देवाही गोनाही नगरपालिका–१ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको प्रहरीको भनाइ छ।बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा एक किलोमिटर टाढा भेटिएको थियो। टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।तैयबलाई घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
वीरगन्ज । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी (जुवा) खेलाउने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ ।आइपीएलमा बुधबार राति भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्स बीचको खेलमा सट्टाबाजी गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका–२४ का ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका–४ का ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका–६ का ३५ वर्षीय सन्तोषकुमार यादव र भारतको उत्तर प्रदेश राज्यको गोरखपुर देवरियाका ५२ वर्षीय मुन्ना भनिने धर्मनाथ प्रसाद जयसवाललाई पक्राउ गरेको हो ।वीरगन्ज
मोरङ । विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको रु ६१ लाख मूल्य बराबरको सामानसहित तीन जनालाई पक्राउ गरी प्रहरीले आज यहाँ सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी यही जेठ ३ गते विराटनगर–३ पीपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी गरी जम्मा रु ६१ लाख बराबरको गरगहना चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका–१२ बस्ने २१ वर्षीय राजकुमार कामत, सोही वडाका १९ वर्षीय विवेक कामत र श्रीकान्त दासलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।उक्त चोरीको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट आठ जनाको टोली परिचालन गरी आरोपीलाई
रौतहट । रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ। देवाही गोनाही नगरपालिका–१ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको प्रहरीको भनाइ छ।बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा एक किलोमिटर टाढा भेटिएको थियो। टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।तैयबलाई घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
राैतहट । राैतहटमा छुरा प्रहारवाट एक जनाको ज्यान गएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गएराति छुरा प्रहारमा परी ५० वर्षीय यार महमद खानको ज्यान गएको हो । उनी गत निर्वाचनमा नेकपा एमालेकातर्फवाट वडा अध्यक्षका उम्मेदवार रहेका थिए ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसँग खानसँग भएको झगडामा उनी माथी छुरा प्रहार भएको थियो । छात्तिमा छुरा प्रहार भए पछि घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो।तर, उपचारको क्रममा उनलाई चिकित्सकको टोलीले मृत घोषणा गरेका थिए। छुरा प्रहारमा संलग्न छिमेकी साविर खान भने फरार भएका छन
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.