अपराध

    Showing 1,301-1,310 of 2,232 items.
  • ६२ वर्षीया महिलामाथि बलात्कारको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

    काठमाडौँ  – रुकुम पूर्वको थवाङ गाउँपालिका–२ दहवाङका ५२ वर्षीय धुते रोका ६२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।पीडित महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको टोलीले रोकालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी छ।

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 621 पटक पढिएको
  • पथरी बजारमा मिनि ट्रकको ठक्करबाट महिलाको मृत्य

    मोरङ, ३० साउन । पथरी बजारमा शुक्रबार साँझ करिब ७:३० बजे नम्बर नखुलेको मिनि ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्गस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भएको उक्त दुर्घटनामा परि उपचारका लागी लैजाने क्रममा ती महिलाको मृत्यु भएको हो ।मृत्यु हुने महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए । स्थानीयका अनुसार मृतक महिला करिब ४० वर्षकी थिइन् र उनी बेवारिसे अवस्थामा बजार वरपर घुमफिर गर्ने गर्थिन्।प्रहरीले जनाएअनुसार ठक्कर दिने मिनि ट्रकको नम्बर खुल्न नसकेको र ट्रक घटनापछि फरार भएको छ।दुर्घटना गराई फ

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 333 पटक पढिएको
  • हिन्दुहरुलाई गाली, बेइज्जती र धम्की दिने टिकटकर ‘गुण्डा’ नामक इरसाद खान पक्राउ

    जनकपुर – समाजिक सञ्जाल टिकटकमा हिन्दुहरुलाई गाली गलोज र धम्की दिने भिडियो बनाउँदै आएका जनकपुरधामका टिकटकर इरसाद खान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले खानलाई बिहीबार पक्राउ गरेको हो । उनले ‘गुण्डा’ नाम गरेको टिकटक आईडी बनाएर खुलेआम हिन्दूहरुलाई गाली गर्नुका साथै मार्ने धम्की दिँदै आएका थिए ।  जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का समिम खानका २३ बर्षिय छोरा इरसाद खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए ।खानले विदेशमा हुँदा समेत हिन्दु धर्मावलम्बीहरुलाई टारगेट गरी भिडियो बनाउने, गैरसमाजिक वक्तत्व दिने, छाडा ग

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 784 पटक पढिएको
  • मःमःमा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरीलाई दुई लाख जरिवाना

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो ।काठमाडौं महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी मःमःले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताएका छन् । ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 480 पटक पढिएको
  • पर्यटन विभागका निर्देशक यादवमाथि ९७ लाखको भ्रष्टाचारको आरोप

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध झन्डै ९७ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगको अनुसन्धान अनुसार यादवले २०६६ सालदेखि २०७९ सालसम्मको अवधिमा तीन करोड ६५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जोडेका थिए। तर, उनी र उनका परिवारको नाममा देखिएको आम्दानी जम्मा दुई करोड ६८ लाख रुपैयाँ मात्र देखिएको आयोगले जनाएको छ।यसरी करिब ९७ लाख रुपैयाँको सम्पत्तिको स्रोत नखुलेपछि यादवले गैरकानुनी रूपमा सम्पत्ति जोडेको ठहर गर्दै मुद्दा दायर गरिएको हो। तीमध्ये केही सम्पत्ति पत्नी आशाकुमारी यादवको नामम

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 536 पटक पढिएको
  • कञ्चनपुरमा एक महिलाको शव फेला

    कञ्चनपुर — जिल्लाको बेलौरी नगरपालिकामा एक महिलाको शव फेला परेको छ। बिहीबार बिहान बेलौरी नगरपालिका–७ र ८ को सीमानामा पर्ने खप्टीनाला नजिक ४२ वर्षीया बिन्दु चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।मृतक चौधरी बेलौरी नगरपालिका–८ की बासिन्दा हुन्। प्रहरीका अनुसार उनी केही समयदेखि अस्वस्थ थिइन् र आफैंसँग बोल्ने जस्ता लक्षण देखिन थालेपछि परिवारले एक साताअघि झारफुकका लागि उनलाई बुटाबारीमा बसोबास गरिरहेकी फुपुकोमा पठाएका थिए।चौधरी हिजो मात्रै फुपुको घरबाट फर्किएकी थिइन्। बेलौरी बजारमा ओर्लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्। परिवारले खोजतलास गर्दा शुक्रबार बिहान उनको शव

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 584 पटक पढिएको
  • किशोरी बलात्कृत आरोपमा एक पुरुष जना पक्राउ

    कैलाली— १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–३ कुचैनी शिविर बस्ने ४६ वर्षीय लोकेश सुर्जा मगर रहेका छन्।उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। मगरले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 558 पटक पढिएको
  • 'रवि लामिछानेलाई बन्दीगृहमा आवश्यक सुविधासहित अलग्गै कोठामा राखिएको छ’

    काठमाडौं  –  कारागार कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सुरक्षा अवस्थालाई मध्य नजर गरी प्रारम्भदेखि नै छुट्टै बन्दीगृह (अलगै एउटा कोठा)मा राखिएको जनाएको छ ।कारागार कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी विगत चार महिनादेखि सहकारी ठगी तथा संगठीत अपराध मुद्दामा थुनुवाको रुपमा रहेका रवि लामिछाने छुट्टै कोठामा राखिनुका साथै उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको जनाएको छ ।‘कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखि सकिएको छ । निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 466 पटक पढिएको
  • पशुपतिमा जलिरहेको शवबाट हड्डी निकालेर बिक्री, दुई जना पक्राउ

    काठमाडौं— पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेका बेला शवबाट हड्डी निकालेर बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाटमा बस्दै आएका ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति हुन् भने यादवले उनलाई सहयोग गर्ने गरेका थिए।प्रहरीका अनुसार, गत साउन २३ गते बनेपा नगरपालिका–९ का ६५ वर्षीय राम शाहीको शव पशुपति आर्यघाटको चिता नम्बर २ मा जलाइरहेका बेला शंकास्पद गतिविधि देखिएको थियो। पशुपति क्षेत्र विकास कोष अन्तर्गत

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 658 पटक पढिएको
  • काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढ्दै

     काठमाडौं—  जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । गत एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ वटा बैंकिङ कसुरका मुद्दा  परिसर प्रमुख विश्व अधिकारीले जानकारी दिए ।सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् । परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् ।आव २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले बताए ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 743 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.