अपराध

    Showing 1,301-1,310 of 1,406 items.
  • कटुवा पेस्तोलसहित दुई युवा पक्राउ

    काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय पर्साले पेस्तोलसहित पक्राउ परेका दुई युवालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–५ का ४३ वर्षीय दीपेन्द्र गिरी र पोखरिया नगरपालिका–९ का ३७ वर्षीय शिवपुजन मुखिया छन् ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका–९ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ना १२ प ४९७१ नम्बरको मोटरसाईकलमा सवार गिरीको शरीर खानतलासी गर्दा हतियार फेला परेको थियो । उनले लगाएको कालो रगंको ज्याकेटको बाँयातर्फको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा १ थान अबैध कटुवा पेस्तोल फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 330 पटक पढिएको
  • ठूलो परिमाण लागूऔषध गाँजासहित १४ जनालाई पक्राउ

    मोरङ । प्रहरीले ठूलो परिमाण लागूऔषध गाँजासहित १४ जनालाई पक्राउ गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १ सय ४९ किलो गाँजासहित उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट अमरहाट धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बीआर १० पी९१५४ र एमपी १७ टीए ०५१२ नम्बर गाडीलाई जाँच गर्ने क्रममा गाँजा फेला परेको थियो। गाँजा ओसारपसारमा सक्रिय भारतको बिहारका ३१ वर्षीय मनोरन्जन मुइमार, ३९ वर्षीया गोपी मण्डल, २३ वर्षीय सञ्जयकुमार मण्डल, ३५ वर्षीया रेखा देवीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यसैगरी पक्राउ पर्ने अन्यमा ३५ वर्ष

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 262 पटक पढिएको
  • सशस्त्र प्रहरिद्वारा ठुलो परिमाणमा लागुऔषध सहित दुई जना पक्राउ

    काठमाण्डौ  ।  सशस्त्र प्रहरी बलले पर्साबाट १ सय ६८ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ गरेको छ।  सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले मंगलबार जगरनाथपुर गाउँपालिका–४ स्थित हरपुरबाट उक्त गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बेनिघाट गाउँपालिका–४ बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राक्सिराङ्ग गाउँपालिका-४ बस्ने अन्दाजी २२ वर्षीय राजु लामा छन्। उनीहरू उक्त गाडीको चालक तथा सहचालक रहेका छन्।वीरगंजबाट ठोरी जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्सबटम बनाएर १६ वटा पोकामा लुकाएर लैजाँदै गरेको गाँजा करिब १ सय ६८ किलो लागुऔषध गाँजासहित तामाङ

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 288 पटक पढिएको
  • तरुल खोज्न गङ्गल गएका युवकको हत्या

    काठमाण्डौ । पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या भएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो ।रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिएका छन। अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन।घटनामा घाइते भएका शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निर

    • प्रकाशित मितिः पुस १६, २०८०
    • 193 पटक पढिएको
  • आरती साह मृत्यु प्रकरणमा मोतीबाबु पक्राउ

    काठमाडौँ। आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । सोमबार बिहान ११ बजे मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटेलबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।सर्वोच्च अदालतले गत मंसिर २० मा आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापा चोकस्थित घरमामा आरती मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरिएको थियो ।जिल्ला अदालतले उनी दुवै जनालाई प

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 145 पटक पढिएको
  • धनबहादुरको मलेसियामा हत्या गरी नेपाल भाग्ने शाह पक्राउ

    काठमाडौं । मलेसियामा सहकर्मी नेपालीको हत्या गरेर भागेका एक युवक काठमाडौंमा पक्राउ परेका छन्। महोत्तरी गौशालाका अनिलकुमार साहलाई काठमाडौं प्रहरीले शनिबार पक्राउ गरेको हो।साहले गत २५ मंसिरमा सहकर्मी झापा शिवसताक्षीका धनबहादुर प्रधानको हत्या गरेका थिए। हत्यापछि नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। सामान्य विवादमा उनले प्रधानको हत्या गरेका थिए। मलेसियास्थित नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार उनीविरुद्ध नेपालमै कर्तव्य

    • प्रकाशित मितिः पुस २, २०८०
    • 262 पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी महिलाको हत्या

    काठमाण्डौ   ।   बैतडीमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ।सुर्नया गाउँपालिका-३ बिजुलकी ५६ वर्षीया हरिना विष्टको मंगलबार दिउँसो हत्या भएको हो।प्रहरीका अनुसार सोही ठाउँका ३२ वर्षीय तेजबहादुर चन्दले दिउँसो घरमै पुगेर विष्टको हत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।चन्दले दिउँसै महिलाको हत्या गरेपछि स्थानीय त्रसित बनेका छन्। मानसिक सन्तुलन ठिक नभएका चन्दले विष्टको हत्यापछि उनको गोठमा रहेका दुई बाख्रा समेत मारिदिएका छन्।घटनाको विषयमा

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 277 पटक पढिएको
  • बञ्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

    काठमाण्डौ   ।   सल्यानमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा कुमाख गाउँपालिका-३ माथिल्लो उचाल्नेका ४५ वर्षीय डम्बर सार्की रहेका छन्।४० वर्षीया श्रीमती सितला सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा उनलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरी  जनाएको छ।डम्मरले धारिलो हतियार बन्चरो प्रहार गर्दा सितलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 191 पटक पढिएको
  • सुन गाल्ने कारखानामा प्रहरीको छापा, १ जना पक्राउ

    काठमाडौँ ।   मङलबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओम्पाल गोल्ड शपमा छापा मारेर एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको हो ।कारखाना सञ्चालक नागरजुङ बस्दै आएका कैलालीका पदम पाण्डेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। प्रहरीले उक्त कारखानाबाट करिब ७ किलो सुन बरामद गरेको छ ।प्रहरिले सुनसहित कैलाली घर भई नागार्जुन बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ ।   कारखानामा छापा मार्दा सो परिमाणमा सुन बरामद भएको हो ।  काठमाडौं उपत्यका अपराध अनुस

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 338 पटक पढिएको
  • रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ।प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले रुसी सेनामा जानलाई युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिम

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 198 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा