अपराध

    Showing 121-130 of 2,232 items.
  • लागूऔषध सहित तीन जना पक्राउ

    काठमाडौं— प्रहरीले लागूऔषध सहित तीन जना पक्राउ गरेको छ ।सिन्धुली, दुधौली नगरपालिका-७ पोखरेबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १०५ ग्राम र नगद १० हजार ५ सय रूपैयाँसहित सुनसरी हरिनगरा गाउँपालिका(३ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ५९८८ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका११ गाग्रेतालबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्राम र नगद ६३ हजार रूपैयाँ सहित सोही नगरपाल

    • प्रकाशित मितिः असार २७, २०८३
    • 469 पटक पढिएको
  • यात्रु हैरान पार्ने ६० जना कलंकी र नयाँ बसपार्कबाट प्रहरीको नियन्त्रणमा

    काठमाडौं । कलंकी र नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडी चढाउन र सामान तानेर दुःख दिएको आरोपमा प्रहरीले ६० जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लामो समयदेखि यात्रुलाई हैरानी दिने गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा बिहीबार विशेष अभियान सञ्चालन गरिएको थियो।प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान सुरु गरेको जनाएको छ। यात्रुको सुरक्षा र सार्वजनिक यातायात क्षेत्रमा हुने दुव्र्यवहार नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार २६, २०८३
    • 191 पटक पढिएको
  • बाल मन्दिर जग्गा प्रकरणमा सीआईबीको एक्सन, तीन जना पक्राउ

    काठमाडौं। वर्षौंदेखि विवादमा रहेको बाल मन्दिर जग्गा प्रकरणमा अनुसन्धानले नयाँ मोड लिएको छ। प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाल मन्दिरको जग्गा भाडा सम्झौतासम्बन्धी विवादमा तीन जनालाई नियन्त्रणमा लिएको हो।सीआईबीका एसएसपी अनुपमशम्शेर जबराका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ। यद्यपि, अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनीहरूको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।बाल मन्दिरको बहुमूल्य सरकारी जग्गा लामो समयदेखि न्यून भाडादर, अनियमितता र दुरुपयोगको आरोपका कारण विवादमा रहँदै आएको थियो। पछिल्लो पक्राउसँगै अनुसन

    • प्रकाशित मितिः असार २५, २०८३
    • 156 पटक पढिएको
  • सिरहामा वन अधिकृत १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ, अख्तियारको कारबाहीले वन कार्यालयमा हलचल

    सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।अख्तियारका अनुसार वन अधिकृत यादवले कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीले घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगले आवश्यक प्रमाण संकलन गरी योजनाबद्ध रूपमा निगरानी थालेको थियो।सोही क्रममा कर्जन्हा नगरपालिका–४ बाट वन अधि

    • प्रकाशित मितिः असार २४, २०८३
    • 272 पटक पढिएको
  • एपिएफको पैसा मात्रै होइन, पर्यटन कम्पनी पनि 'स्क्याम' गरे लीला लामा ! विश्वास जितेर करोडौँको खेल, संस्थापकको घर लिलामीको संघारमा

    काठमाडौं— एपिएफ स्कूलको करोडौँ रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका लीलाबहादुर लामा तामाङको अर्को चकित पार्ने कर्तुत सार्वजनिक भएको छ। यसपटक उनीमाथि तीन दशकदेखि पर्यटन क्षेत्रमा प्रतिष्ठा कमाएको हिमाल रिजाइन प्रा.लि.लाई योजनाबद्ध रूपमा कब्जामा लिएर करोडौँ रुपैयाँको आर्थिक क्षति पुर्‍याएको आरोप लागेको छ।स्रोतका अनुसार लाजिम्पाटस्थित पालु रेष्टुरेन्ट तथा एमडी एडभेन्चर टुर एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका लामाले गत वर्ष कम्पनीको ७५ प्रतिशत शेयर किन्ने प्रस्ताव राख्दै सञ्चालक विष्णु अधिकारीको विश्वास जितेका थिए। सुरुमा लगातार हिमाल रिजाइनबाट ठूलो परिमाणमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दै विश

    • प्रकाशित मितिः असार २३, २०८३
    • 732 पटक पढिएको
  • ४ महिनासम्म लुकाइएको कुटपिटको भिडियो बाहिरिएपछि यातायातका निमित्त हाकिम पक्राउ

    जनकपुरधाम— चार महिनाअघि कार्यालयभित्रै सेवाग्राहीमाथि भएको कुटपिटको भिडियो अचानक सामाजिक सञ्जालमा भाइरल भएपछि बारा यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख चिन्तन आचार्य पक्राउ परेका छन्। लामो समयसम्म सार्वजनिक नभएको उक्त घटनाको भिडियो बाहिरिएसँगै जिल्ला प्रहरी कार्यालय बाराले आचार्यलाई पक्राउ गरी घटनाबारे अनुसन्धान सुरु गरेको हो। प्रहरीले सार्वजनिक भएको भिडियो सन् २०२६ मार्च १७ (गत फागुन तेस्रो साता) को भएको जनाएको छ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुवँरका अनुसार भिडियो सार्वजनिक भएपछि घटनाको वास्तविकता बुझ्न आचार्यलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार कार्यालय प्रमुखको क

    • प्रकाशित मितिः असार २३, २०८३
    • 593 पटक पढिएको
  • १० हजार धरौटीमा छुटे कीर्तिपुर होल्डिङ सेन्टरबाट पक्राउ परेका सुकुम्बासी

    काठमाडौं— कीर्तिपुरको होल्डिङ सेन्टरबाट पक्राउ परेका सुकुम्बासी डम्बरबहादुर तामाङ १० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरे सिंहदरबारमा खुकुरी लिएर जाने भनेर दिएको अभिव्यक्तिका कारण पक्राउ परेका तामाङलाई सोमबार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।‘उहाँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट हिजो १० हजार रुपैयाँ धरौटी माग भएको थियो। रकम बुझाएर छुट्नुभयो,’ उनले भने।तामाङविरूद्ध प्रहरीले सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान अघि बढाएको थियो। उनले एक अन्तर्वार्ता दिने क्रममा सिंहदरबार प्रवेश गर्ने अभिव्

    • प्रकाशित मितिः असार २३, २०८३
    • 543 पटक पढिएको
  • सुन सफा गर्दिने बहानामा ठगी गर्ने दुई जना भारतीय नागरिक पक्राउ

    उदयपुर— उदयपुरगढी गाउँपालिका वडा नं. २ र ३ स्थितमा गाउँ गाउँ सुन सफा गर्दै हिँड्ने भारतीय नागरिकहरुले सुनको गहना सफा गर्ने बहानमा ठगी गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, सहरसा जिल्ला, पुरिक पुरुषोत्तमपुर ग्राम पञ्चायत बस्ने २८ वर्षीय (विहान थाना) का गोविन्द कुमार साह र सोही राज्यको मधेपुरा जिल्ला, रहताग्राम पञ्चायत ३३ वर्षीय (कुमार थाना) का सचिन साह रहेका छन् । ती भारतीय नागरिकले उदयपुरगढी वडा नं २ र ३ का स्थानीय महिलाहरू पेशल कुमारी मगर र मनमाया तामाङले लगाएको सुनको गहना सफा गर्ने बहानामा ठगी गरेका थिए । उनीहरुलाई असार २२ गते प्रहरी चौक

    • प्रकाशित मितिः असार २३, २०८३
    • 545 पटक पढिएको
  • करिब १६५ किलोग्राम गाँजा सहित दुई जना पक्राउ

    मकवानपुर / करिब १६५ किलोग्राम गाँजा सहित दुई जना पक्राउ परेका छन् ।मनहरी गाउँपालिका-९ खरङगास्थित पर्सा राष्ट्रिय निकुन्ज कोर क्षेत्रबाट लागूऔषध गाँजा करिब १६५ किलोग्राम सहित २ जना सोमबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-३ पँलासे बस्ने ५१ वर्षीय बिक्रम स्याङ्तान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका हुन् ।  श्री सबुज गण प्रतापपुर सुरक्षा पोष्टबाट खटिएको नेपाली सेनाले उनीहरूलाई ११ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा सहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । यस सम्

    • प्रकाशित मितिः असार २३, २०८३
    • 273 पटक पढिएको
  • प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पोख्रेल पुर्पक्षका लागि थुनामा

    काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध गालीगलौज तथा आपत्तिजनक अभिव्यक्ति प्रयोग गर्दै युट्युब सामग्री (कन्टेन्ट) बनाएको आरोपमा रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।पाँचथरको फागुनन्द गाउँपालिका–६, आङसाराङका पोखरेलविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि अदालतले उनलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो।पोखरेललाई यसअघि २०८२ चैत २६ गते पक्राउ गरिएको थियो। त्यसबेला उनको पक्राउको सार्वजनिक रूपमा विरोध भएपछि प्रहरीले उनलाई दुई दिनपछि परिवारको जिम्मा लगाएर रिहा गरेको थियो।पछि उनीविरुद्ध जिल्ला अदालत पाँचथरमा विद्युतीय

    • प्रकाशित मितिः असार २३, २०८३
    • 480 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.