अपराध

    Showing 1,171-1,180 of 2,232 items.
  • काठमाडौंमा महिलामाथि खुकुरी प्रहार

    काठमाडौं— काठमाडौंको गोकर्णेश्वरमा बिहीबार (आज) बिहान एक महिलामाथि खुकुरी प्रहार गरिएको छ । गोकर्णेश्वर नगरपालिका–७, शिवचोककी सीतादेवी पन्तमाथि खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ ।पन्तमाथि खुकुरी प्रहार गरेको आरोपमा बौद्ध प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ । स्थानीय स्वास्थ्य संस्थामा महिलाको उपचार भइरहेको छ ।खुकुरी प्रहारबारे थप अनुसन्धान गर्न तामाङलाई जिल्ला प्रहरी परिसर भद्रकाली ल्याइएको छ । तामाङमाथि थप अनुसन्धान थालिएको परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 667 पटक पढिएको
  • खोटाङमा रेस्मिका परियार हत्या प्रकरणः एक किशोर पक्राउ

    खोटाङ— खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी रेस्मिका परियारको हत्यामा संलग्न रहेको आशंकामा एक किशोर पक्राउ परेका छन्। करिब १५–१६ वर्ष उमेरका ती किशोरलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।भदौ ३० गते साँझ बेपत्ता भएकी परियारको शव स्थानीय मार्से सामुदायिक वनमा फेला परेको थियो। उनी अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् र पञ्चमी बजारस्थित कार्यालयबाट घर फर्किने क्रममा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए।प्रहरीका अनुसार, परियारमाथि बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका छ। घटनाक

    • प्रकाशित मितिः असोज २, २०८२
    • 785 पटक पढिएको
  • बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण

    बाजुरा— जिल्ला कारागार बाजुराबाट १९ जना कैदीलाई स्थानान्तरण गरिएको छ । बाँकेस्थित क्षेत्रीय नौवस्ता कारागारमा १९ जना कैदीबन्दीलाई सारिएको हो ।कारागार बाजुराको नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया भइसकेकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्न थालिएको जिल्ला कारागार बाजुरामा प्रमुख जेलर अनिलकुमार तिवारीले बताए ।पहिलो चरणमा १९ कैदीलाई नौवस्ता कारागार स्थानान्तरण गरिएको उनको भनाइ छ । अन्य बाँकी सबै कैदीबन्दीहरुलाई दसैँ अगाडि नै स्थानान्तरण गर्ने तयारी भइरहेको जेलर तिवारीले बताएका छन् ।कैदीलाई नौवस्तामा र थुनुवालाई अछाम जिल्ला कारागार सार्ने प्रक्रिया भइरहेको छ । दसैँ अगाडि नै सबै कैदीबन्दीहरुलाई

    • प्रकाशित मितिः असोज २, २०८२
    • 589 पटक पढिएको
  • बाजुरामा चरेश सहित एक जना युवक पक्राउ

    बाजुरा— बाजुरामा चरेश सहित एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका–१० बस्ने २८ वर्षीया वीरेन्द्र थापा रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।उनका अनुसार,युवक झण्डै साढे एक किलो चरेश सहित पक्राउ परेका हुन्। बडीमालिका नगरपालिका बाउली  नजिकै उनलाई बुधबार पक्राउ गरिएको हो । सुराकीका आधारमा प्रहरीको टोलीले थापालाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । 

    • प्रकाशित मितिः असोज २, २०८२
    • 679 पटक पढिएको
  • कर्णालीका विभिन्न कारागारबाट भागेका ७७ केदी बन्दी पक्राउ

    सुर्खेत— कर्णालीका विभिन्न कारागारबाट फरार भएका ७७ जना कैदी बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखेर भदौ २३ र २४ गते भएको आन्दोलनमा कर्णालीका विभिन्न कारागारमा रहेका १ सय २७ जना कैदी बन्दीहरु भागेका थिए । भागेका मध्ये ५९ जना अझै फरार रहेका छन् । फरार रहेका ३३ जना कैदी र २६ जना बन्दी हुन् । कर्णालीका विभिन्न कारागारबाट ८२ जना कैदी र ४५ जना बन्दी भागेका थिए । आन्दोलनमा रुकुम पश्चिम जिल्ला कारागारबाट भागेका ५५ जना कैदी मध्ये ३८ जना कैदी पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमबाट भागेका १७ जना कदी र १४ जना बन्दी फरार छन् । रुकुम पश्

    • प्रकाशित मितिः असोज १, २०८२
    • 730 पटक पढिएको
  • आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

    बागमती, १ असोजः जेनजी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएका सामान खोज्न मकवानपुर प्रहरी सक्रिय भएको छ ।परिस्थिति सामान्य बन्दै गएपछि यही भदौ २४ गते आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएको जिन्सी सामान खोज्न प्रहरी  जुटेको हो । सिसीटिभी फुटेज, सामाजिक सञ्जालमा देखिएको दृश्यका आधारमा प्रहरीले विभिन्न सरकारी कार्यालयबाट चोरी तथा लुटिएका सामान खोज्न सुरु गरेको छ । सामान खोजतलास गर्ने क्रममा फेलापारेको कम्प्युटर, प्रिन्टर, कुर्सी, फोटोकपी मेसिनलगायत सामान सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको जिल्ला

    • प्रकाशित मितिः असोज १, २०८२
    • 183 पटक पढिएको
  • भाटभटेनी समूहको क्षति विवरण सार्वजनिकः २१ स्टोरमा क्षति, १२ पूर्णरूपमा नष्ट

    काठमाडौं— नेपालमै सबै भन्दा ठुलो र धेरै स्थानमा विस्तार भएको भाटभटेनी सुपर मार्केटको २१ शाखामा क्षति पुगेको छ ।जेन्जी आन्दोदनको क्रममा एक दर्जन शाखा जलेर खरानी भएका छन् भने ९ वटा शाखामा लुटपाट र तोडफोड भएको हो ।जसका कारण देशलाई कर बुझाउने मुख्य व्यवशायिक संस्था मात्र जलेको छैन, अर्बौंको क्षति भएको छ । हजारौंको रोजगारी गुमेको छ । ति परिवारका रोजीरोटी खोसिएको छ, घरको चुल्हो निभेको छ ।भदौ २३ गते सोमबार जेन्जी युवाहरूले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जना युवाले ज्यान गुमाए । त्यस पछि आन्दोलन उग्र बन्यो ।उग्र बनेको आन्दोलनको अनियन्त्रित भिडले व्यवसायीलाई लक्षित गर्दै तोडफोड र आगजनी गरे

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 766 पटक पढिएको
  • पर्वत कारागारबाट कैदी भगाउन सहयोग गर्ने १४ जना पक्राउ

    काठमाडौं— पर्वत जिल्ला कारागारबाट कैदी र थुनुवा भगाउन मद्दत गरेको अभियोगमा एक महिला सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। देशमा जारी असामान्य अवस्थाको फाइदा उठाउँदै हुलहुज्जतको बीचमा कैदी भगाएको आरोपमा शनिबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो।जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिकाबाट १२ जना, विहादी गाउँपालिकाबाट १ जना र चितवनबाट १ जना गरी कुल १४ जनालाई पक्राउ गरिएको हो। उनीहरूविरुद्ध कारागार ऐन, २०७९ अन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ।प्रहरीका अनुसार केही पक्राउ परेकाविरुद्ध सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको आरोपसमेत छ।यसअघि भदौ २५ गते राति पर्वत कारागारबाट

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 678 पटक पढिएको
  • पार्टी कार्यालयमा आगलागी र तोडफोड, अध्यक्ष प्रचण्डद्वारा अवलोकन

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगलागी र तोडफोड भएको पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्।पार्टीको कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा केही दिनअघि अज्ञात समूहले आगजनी र तोडफोड गरेको थियो। सो घटनापछि अध्यक्ष प्रचण्डले मंगलबार बिहान घटनास्थलको निरीक्षण गर्दै क्षति भएको संरचना, कागजात तथा सम्पत्तिहरूको जानकारी लिएका हुन्।अवलोकनका क्रममा अध्यक्ष प्रचण्डले उक्त घटना दुर्भाग्यपूर्ण भएको भन्दै दोषी पहिचान गरी कडा कारबाही हुनुपर्ने माग गरे। उनले पार्टी कार्यालयमाथिको आक्रमण लोकतान्त्रिक मूल्य र सहिष्णु राजनीतिक सं

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 654 पटक पढिएको
  • जेन–जी आन्दोलनमा कर्णालीका ६० संरचना र ४५ सवारी साधनमा क्षति

    सुर्खेत— जेन–जी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनमा कर्णालीका ६० भौतिक संरचना र ४५ वटा सवारी साधनमा क्षति भएको छ ।प्रदर्शनकारीहरुले सरकारी भवन, राजनितक दलका कार्यालय र निजि घरहरु समेतमा आगजनी र तोडफोड गरेका छन् । आन्दोलनको क्रममा ४५ सवारी साधनमा आगजनी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कर्णालीका १० ओटै जिल्लामा गरेको मिडिया मोनिटरिङ तथा इन्सेकका जिल्ला प्रतिनिधीको प्रतिवेदनका आधारमा आन्दोलनमा भएको क्षतीको प्रारम्भिक तथ्याङक संकलन गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताए । इन्सेकको तथ्याङ्कअनुसार सुर्खेतमा मात्रै २८ ओटा सरकारी संरचना र आठ

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 725 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.