अपराध

    Showing 1,171-1,180 of 1,401 items.
  • मोरङमा २३ किलो गाँजासहित तीनजना पक्राउ

    बिराटनगर :मोरङ – मोरङ जिल्ला प्रहरी कार्यालयले २३ किलो लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ७ का ३० वर्षीय मोहन राई, सुनसरीको दुहबी नगरपालिका वडा नं. ६ का २२ वर्षीय विशाल कुमार पासवान, र भारतको अररिया जिल्लाका १९ वर्षीय मुन्ना कुमार पासवान रहेका छन्।

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 329 पटक पढिएको
  • सुन तस्करी प्रकरणमा महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

    काठमाडौं— विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ ।सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाण्डौ जिल्ला अदालतमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूमाथि यसअघि नै आपराधिक विश्वासघात र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो ।यस मुद्दामा राहुल भन्ने रेशम महरासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका तत्कालीन सुब्बा रेवन्त खड्का, दिनेश बस्नेत, अमृत कार्की,

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 209 पटक पढिएको
  • लागूऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ

    पोखरा- पोखरा बाट अबैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित तीन जना पक्राउ परेका छन् ।  पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाबाट एक जना र पोखरा १ सिद्धनाथ टोलबाट दुई जना अबैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका हुन् ।गएको बिहीबार राती नौ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.२५ हेम्जाबाट जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले स्थानीय वर्ष २८ का लगिन थापालाई अबैध लागू औषध खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।  अभियु

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 241 पटक पढिएको
  • मोरङको छुट्टाछुट्टै स्थानमा एक बालकसहित २ मृत फेला

    विराटनगर : मोरङको रंगेली र जहदामा एक जना बालकसहित २ जना मृत फेला परेका छन् ।रंगेली नगरपालिका–८ स्थित दर्वेशाका विकास चुरैटेको १ वर्षीय छोरा समर चुरैटेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।बिहीबार दिउँसो पौन १ बजेतिर आफ्नै घरको कलको पानी जम्मा हुने खाल्डोमा डुबी घाइते भएका समरलाई तत्कालै उपचारका लागि रंगेली अस्पताल ल्याएर चिकित्सकले चेक जाँच गर्ने क्रममा सवा १ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय दोहमनाको प्रहरी टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।त्यस्तै, जहदा गाउँपालिका–४ स्थित सिसौबारी टोलमा रंगेली नगरपालिका–२ बबिया

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 228 पटक पढिएको
  • ठगीमा मुछिएपछि ऋषीकेश पोखरेलले स्वकीय सचिव हटाए

    विराटनगर : सघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिल कुमार पोखरेललाई जिम्मेवारीबाट हटाएका छन् ।एबीबीएस प्रवेश परीक्षा पास गराउने भन्दै ३८ लाख ८० हजार ठगी गरेको आरोप लागेपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका हुन् ।मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीलाई ठगी गरेका थिए ।ठगीमा परेको भन्दै बौआलाले उजुरी दिन खोज्दा प्रहरीले उजुरी लिएन् । त्यसपछि उनी उच्च अदालत विराटनगरमा गएका थिए ।उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 202 पटक पढिएको
  • धरानमा पिकअपबाट गाँजा तस्करी,

    धरान : धरानमा पिकअपबाट गाँजा तस्करी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पिकअप चालक धरान उपमहानगरपालिका वडा नं. २० बस्ने ३४ वर्षीय कमल राई, सहचालक धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ९ बस्ने २० वर्षीय राजु विश्वकर्मा र गाडीमा सवार धरान २० बस्ने २३ वर्षीय प्रदीप राई रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार बुधबार धरान उपमहानगरपालिका वडा नं. २० खैरे खोलास्थित अस्थाई प्रहरी चौकी बिष्णुपादुकाबाट प्रहरी सहायक निरीक्षक दयाराम खतिवडाको कमाण्डमा खटिएको गस्ती टोलीले धनकुटाबाट धरानतर्फ आउदै गरेको को १ ज ३१५८ नम्बरको पिकअप गाडीबाट गाँजा

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 224 पटक पढिएको
  • पिकअप ट्रक चलाएर हैलसम्म १५ जनाको नरसंहार गर्ने ब्यक्ती पहिचान

    एजेन्शी  ।  अमेरिकाको न्यू अर्लिन्समा नयाँ वर्षको बिहानै भएको मानव भीडमा जानाजान पिकअप ट्रक चलाएर हैलसम्म १५ जनाको  नरसंहार गर्ने र  ३५ जना भन्दा बढी घाईते बनाउने ब्यक्ति  टेक्सासका ४२ वर्षीय अमेरिकी नागरिक शमसूद–दीन जब्बार रहेको बीबीसीले जनाएको छ। अमेरिकी एफबीआईले आक्रमणमा प्रयोग गरिएको गाडीमा इस्लामिक स्टेट समूहको झण्डा भेटिएको र घटनाको जाँच आतंकवादी क्रियाकलापको रुपमा गरिरहेको जनाएको छ ।अमेरिकामा अन्धाधुन्ध गोली चलाउने ब्यक्ति पहिचान अमेरिकी एफबीआईले आक्रमणमा प्रयोग गरिएको गाडीमा इस्लामिक स्टेट समूहको झण्डा भेटिएको र घटनाको जाँच आतंकवादी क्रियाकलापको रुपमा गरिर

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 181 पटक पढिएको
  • दमकमा बैंकबाट रकम चोर्ने नेता पक्राउ

    दमक :झापाको दमकमा रहेको लक्ष्मी बिकास बैक बाट ४५ लाख रकम चोरी गरेर भाग्दै गर्दा एक  नेतालाई शशस्त्र प्रहरीले पैसा सहित पक्राउ गरेको खबर छ । पक्राउ पर्नेमा दमक नगरपालिका कमिटीका सेक्रेटरी रहेको बुझिएको छ!थप बिवरण आउन बाकी ।

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 217 पटक पढिएको
  • अमेरिकामा बन्दुकधारीले छलाएको कारको ठक्करबाट १०जनाको मृत्यु

    एकेन्शी । अमेरिकाको न्यू अर्लिन्स सहरमा एक बन्दुकधारीले चलाएको कारको ठक्करबाट कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घाइते हुनेमा केही सञ्चारकर्मीसमेत छन् ।नयाँ वर्षको पहिलो दिन घटना भएको हो । मानिसहरूलाई लक्षित गर्दै कार चलाएका ती व्यक्तिले लगत्तै गोलीसमेत चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 135 पटक पढिएको
  • कोशीमा सवारी दुर्घटनाः पाँच महिनामा १ सय ९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

     बिर्तामोड़ (झापा) :  कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् ।चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताए । “पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उह

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 194 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा