काठमाडौं— झापा र मोरङको विभिन्न स्थानबाट प्रतिबन्धित लागु औषधी र ब्राउन सुगरसहित प्रहरीले ७ जनलाई पक्राउ गरेको छ । सोमबार दिउँसो चेकजाँचको क्रममा बिराटनगर–१२ का ४७ वर्षीय अनिश क्षेत्रीलाई ब्राउन सुगर १० ग्राम ५० मिलिग्राम, इटहरी उप–महानगरपालिका–५ का ३४ वर्षीय दिपेन्द्र राईलाई ५ ग्राम ४७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । सोही दिन इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ बिराटनगर–८ का २० वर्षीय बिष्णु सहनी, मोरङ जहदा(३ का १८ वर्षीय रोहन विश्वकर्मा, पथरिशनिश्चरे–८ का २५ वर्षीय विक्रम विश्वकर्मालाई प्रतिबन्धि
काठमाडौं— भक्तपुर जिल्लामा विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।मध्यपुर थिमी नगरपालिका–४ एसएस चोक बस्ने ४४ वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका७ हेल्मेटडाँडा बस्ने ५८ वर्षीय कृष्णराम छुस्याबागको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णराम समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग खरिपाटीबाट
विराटनगर । सुनसरीको धरानबाट हराएको यात्रुबाहक बस चार दिनपछि विराटनगरमा फेला परेको छ।शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ स्थित दुर्गापथको एक ग्यारेजबाट चोरी भएको प्रदेश १–०२–००१ च ९७४९ नम्बरको बस मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१२, मंगलबारे क्षेत्रमा भेटिएको हो।बस ग्यारेजबाट हराएको अवस्थामा भेटिए पनि त्यसको पार्टपुर्जा निकालिएको थियो। बसका मालिक हरेन्द्र चेम्जोङ हुन्। प्रहरीले दिएको जानकारी अनुसार, बसका केही पार्टपुर्जा विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गर्दै आएको एक कबाडी गोदाममा भेटिएका छन्।सीसी क्यामेराका फुटेजमा उक्त बस पूर्वपश्चिम राजमार्ग हुँदै खोर्सानेबाट विराटनगरतर्फ ग
बिर्तामोड, झापामा दिनदहाडै ढोका फोरी २९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।सोमबार दिउँसो बिर्तामोड नगरपालिका वडा नं. ४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा कोही नभएको मौका पारी चोरहरूले घरको पहिलो तलाको मूल ढोकाको ताला फुटाएर चोरी गरेका हुन्।चोरी भएका सामग्रीमा नगद ७० हजार रुपैयाँ, सुनको ५ तोला ढिक, एक थान सुनको ब्रासलेट, २ थान सुनको सिक्री, २ थान औठी, ४ आनी चन्द्रमा, र ५ तोला ४ आनी वजनको सुनको हार लगायतका सामाग्री समावेश छन्। कुल चोरीको रकम अन्दाजी २९ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।बिर्तामोड प्रहरी कार्यालयबाट अनुसन्धान टोली खटाइएको छ र चोरहरूको पहिचान र पक्राउका लागि कडा प्रया
काठमाडौं— प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका ५ स्थित ग्यालेक्सी टोलबाट स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमार छन् । आरोपी बस्ने डेरा खानतलासी गर्दा ४२ लाख ६३ हजार ९ सय रुपैयाँ नेपाली रुपैयाँ र २६ हजार भारतीय रुपैयाँ भेटिएको कपिलवस्तुका एसपी निरञ्जन दत्त भट्टले रातोपाटीलाई बताए । आरोपीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं— नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी राईलाई कपनस्थित घरबाट पक्राउ गरिएको हो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई शनिबार राति पक्राउ गरेको हो ।एसएसपी रमेश बस्नेतका अनुसार उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ ।भोजपुरकी माया नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन् ।
काठमाडौं— भारतस्थित जम्मू—कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ।पहलगाममा वैशाख ९ गते आतंकवादी समूहले नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना पर्यटकको ज्यान लिएको घटनाको विरोधमा नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको हो ।प्रदर्शनकारीले सुदीप न्यौपानेलाई न्याय देऊ, हिन्दूको हत्या गर लगायतका प्लेकार्ड र ब्यानर बोकेका थिए ।
काठमाडौं— आफूलाई अख्तियार र सीआईबीको कर्मचारी भएको बताएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर– ५ का ३३ वर्षीय रामभजन मण्डललाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार उनले विशेषगरी प्रशासनिक तथा कानुनी मामिलामा सहयोग गरिदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने गरेका थिए । धनुषा जिल्ला प्रहरी कार्यालय र क्षेत्रीय अनुसन्धान टोलीले उनलाई शहीदनगर–३ स्थित इलाकाबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मण्डलमाथि सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका—९ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका—६ घर भएका ३१ वर्षीय नारायण बस्नेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नारायणले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका—९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं— काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ । शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।आपसी मतभेदका कारण १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका हुन् । जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेको प्रहरीले जनाएको छ।शरिरका विभिन्न भागमा चोटपटक लागेको र टाउकोमा टुटुल्को उठेको उनलाई तत्कालै प्रहरीको टोलीले
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.