काठमाडौं— भन्सार छली गरी कपडा र धाराको पार्टपुर्जा ओसारपसार गरिरहेको ट्रकलाई प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिइएको छ ।साँगाबाट काठमाडौंतर्फ आइरहेको बा.४ ख.७६० नम्बरको ट्रक चेकजाँच गर्दा परालको भुसमुनि लुकाइछिपाइ राखिएको ठूलो परिमाणमा कपडा तथा धाराको पार्टपुर्जा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीले उक्त ट्रकमा करिब ७२ लाख रुपैयाँ बराबरको चोरी पैठारी गरिएका सामग्री फेला पारेको जनाएको छ ।ट्रकबाट बरामद गरिएको सामग्रीमा कुर्ता सुरुवाल ३८८७ थान, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ पिस, सर्टको कपडा २८० रोल, ब्लाउज १८७५ पिस, पर्दाको कपडा ९९ रोल, साडी १५९ पिस र धाराको पार्टपु
काठमाडौं— काठमाडौ महानगरपालिका–१४ स्थित कलङ्कीमा इन्स्ट्राग्राममा कुरा भएका ‘केटी साथी’लाई भेट्न जाँदा दुई जना युवक लुटिएका छन् । वैशाख २६ मा अमेरिकाको भिसा लागेर बसेका एक जना युवक र उनका साथी कलङ्कीस्थित मेन्स होटलमा लुटिएका हुन् ।गिरोहले उनीहरूलाई दुई जना महिला प्रयोग गरेर ‘हनीट्रयाप’मा पारेर लुटपाट गरेका हुन् । गिरोहका सदस्यहरूले उनीहरूबाट ३ लाख ६३ हजार लुटेर हिँडेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । लुटमा संलग्न भएको आरोपमा ८ जना पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा नवलपरासीको देवचुली घर भएका सन्दीप परियार, चितवनको भरतपुर घर भएका २५ वर्षीय स
काठमाडौं— वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिका–५ घर भएकी ३३ वर्षीया दीपा कुमारी पोख्रेल रहेकी छन् ।पोख्रेलले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै २ लाख रुपैयाँ लिएकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।पीडितले दिएको जाहेरी अनुसार उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरिएको उपरीक्षक आचार्यले जानकारी दिए । पीडितबाट पैसा लिइ लामो समयसम्म विदेश नपठाई सम्पर्
खोटाङ— खोटाङमा सामान्य विवादको क्रममा श्रीमातीले कोदालोको पासोले प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । शनिबार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ का ५१ वर्षीय पाँचकर्ण राईलाई उनकै श्रीमती ५३ वर्षीया रेनुका राईले कोदालोको पासोले टाउकोमा प्रहार गरी घाईते बनाएकी थिइन् । घाइते राईलाई तत्काल प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरी टोलीले उद्दार गरी थप उपचारको लागी हेलिकप्टरद्वारा काठमान्डौ न्युरो अस्पताल पठाएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको
काठमाडौं— तीनकुने घटना प्रकरणमा प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई पक्राउ गरेको छ । राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट अध्यक्ष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले अदालतको पक्राउ पुर्जी बोकेर सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आएपछि उनी पक्राउ परेको राजावादी अभियन्ता रमा सिंहले जानकारी दिइन् ।गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलन हिंसात्मक भएपछि प्रहरीले झण्डै एक सय जनालाई पक्राउ गरी सोधपुछ गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य जारी राखेका बेला उनी पक्राउ परेका हुन् ।
काठमाडौं— झापाको कनकाई नगरपालिका–२ सुकेडागीमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । कनकाई नगरपालिका २ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले श्रीमती ३४ वर्षीया पूजाको हत्या गरेको इलाका प्रहरी कार्यालय खुरुङ्गाले जनाएको छ। घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेलगत्तै उनी प्रहरी समक्ष आत्मसमर्पण गर्न पुगेका थिए।हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पूजाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको प्रहरीले जनाएको छ।
काठमाडौं— डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । सो अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका–८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । सुजिता आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई पीडितसँग २० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् ।पीडितको सोही उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो ।
विराटनगर— मोरङको ग्रामथान गाउँपालिकापा–६ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । ठक्करबाट मोरङ ग्रामथान गाँउपालिका–६ का ७० वर्षीय हेमराज गिरी रहेका छन् ।गिरीलाई तत्काल उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको थियो । बिराटनगरबाट बिराट चौक तर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ११४० नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेका उनलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न मोटरसाईकल चालक मोरङ कटहरी गाँउपालिका–७ का अनिस भगत लाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
विराटनगर— विभिन्न स्थानबाट ब्राउन सुगर सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–१२ का ३१ वर्षीय अमृत बङ्गाली, धरान–८ का ४६ वर्षीय राज तामाङ, ३५ वर्षीय प्रबिन पोखरेल, मेचीनगर–१२ का १९ वर्षीय भुमीराज राई र २२ वर्षीय इश्वर राई रहेका छन् ।बुधबार मोरङ बिराटनगर महानगरपालिका–१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा अमृत बङ्गालीको साथबाट ब्राउन सुगर २ ग्राम ८०० मिलिग्राम र राज तामाङ, र प्रबिन पोखरेलको साथबाट १ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।त्यसैगरी लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाबाट खटिएको प
काठमाडौ— अवैध लागु औषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । मोरङ, धनकुटा, पर्सा लगायतका जिल्लाबाट सात जना पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका– १६ हुलास चोकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ४६ वर्षीय राज तामाङ र सोही उपमहानगरपालिका–१५ बस्ने ३५ वर्षीय प्रवीण पोखरेल रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.