अपराध

    Showing 1,011-1,020 of 2,232 items.
  • स्रोत नखुलेको २८ लाख रकमसहित दुई भारतीय पक्राउ

    कैलाली— स्रोत नखुलेको २८ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका– ३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई पक्राउ गरिएको हो ।उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू सवार यूपी ३१ सीएन ११७५ नम्बरको कार पनि बरामद गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा नगदसहित ती व्यक्तिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 565 पटक पढिएको
  • अदालतमा जागिर खुल्यो भन्दै अनलाइन ठगी गर्ने आमा–छोरी पक्राउ

    विराटनगर— अदालतमा जागिर खुल्यो भन्दै अनलाइनमार्फत ठगी गर्दै आएकी आमा–छोरी विराटनगरबाट पक्राउ परेका छन्। उनीहरूले जिल्ला अदालत मोरङको नक्कली फेसबुक पेज बनाएर विभिन्न पदमा भर्ना खुलेको झूटो सूचना सार्वजनिक गर्दै दर्ता शुल्कका नाममा रकम असुलेका थिए।पक्राउ पर्नेहरूमा सिरहाको लहान घर भई हाल मोरङको विराटनगर महानगरपालिका–५ मा बसोबास गर्दै आएकी ५० वर्षीया पुनम देवी साह र उनकी २७ वर्षीया छोरी कोमलकुमारी साह रहेका छन्।प्रहरीका अनुसार, उनीहरूले नक्कली फेसबुक पेजमार्फत ‘ई–सेवा’ प्रयोग गरी भर्ना शुल्कका नाममा रकम माग्ने तथा सामान किनमेलका क्रममा आधा रकम तिरेर बाँकी रकम सटही नहुने चेकद्वारा ठगी गर्ने कार्य

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 652 पटक पढिएको
  • दाजुको हत्या आरोपमा भाइ पक्राउ

    नवलपरासी— नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१ पुनर्वासमा दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३४ वर्षीय चित्रबहादुर शाही रहेका छन्।प्रहरीका अनुसार चित्रबहादुरले आफ्ना ३६ वर्षीय दाजु कृष्णबहादुर शाहीमाथि कोदालोको बिँडले प्रहार गर्दा कृष्णबहादुरको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले चित्रबहादुरलाई आइतबार बिहान पक्राउ गरेको हो।हत्या किन र कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 658 पटक पढिएको
  • जेन–जी आन्दोलनका क्रममा लुटिएको प्रहरी हतियार बरामद, फरार कैदी पक्राउ

    काठमाडौं— जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएको हतियार प्रहरीले बरामद गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका–७ लाहुरे टोलबाट एक थान ग्यास गन फेला पारेको हो।उक्त हतियार काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का वाङ्सु लामाले लिएर फरार भएको अनुसन्धानमा खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार लामाको डेराबाट पेस्तोलमा प्रयोग हुने तीन थान गोली समेत बरामद गरिएको छ।प्रहरीले लामालाई पक्राउ गरी अनुसन्धान गर्दा उनी जेन–जी आन्दोलनका बेला फरार भएका कैदी रहेको पुष्टि भएको हो।लामामाथि यसअघि ज्यान मार्ने उद्योग मुद्दा

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 503 पटक पढिएको
  • छोराद्वारा बाबुलाई धारिलो हरियार प्रहार गर्दा

    गुल्म।  यहाँस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई   धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिनुभयो । भोटबहादुरले ४९ वर्षीया आमा दिलमायालाई पनि धारिलो हरियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । सूचना अधिकारी सारूका अनुसार   धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो भने दिलमायाको टाउकोमा गम्भीर चोट लागेको छ ।उनीलाई गुल्मी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 307 पटक पढिएको
  • झापाका सरोज शर्माको शव विरिङ पुलमुनी भेटियो

    झापा । झापा शिवसताक्षी – १० का सरोज शर्माको शव हुलाकी सडक अन्तर्गत विरिङ पुलमुनी फेला परेको छ । उनको शव पुरिएको अवस्थामा आज विहान फेला परेको हो ।झापा गाउँपालिका- ५ हुलाकी राजमार्ग अन्तर्गत बिरिङ खोलाको पुलमुनि भेटिएको सब शिवशताक्षी- १० माईधारका ३३ वर्षीय सरोज शर्माको भएको परिवारका सदस्यले पुष्टि गरेको वडा सदस्य दीपक पोखरेलले बताएका छन। झापाको बिरिङ खोलामा स्थानीयले शंकास्पद अवस्थामा गाडिएको मानवीय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी टोली पुगेर शव उत्खनन गरी अनुसन्धान सुरु गरेको छ। झापाको मेचीनगर–१३ चारआली भद्रपुर सडकखण्डअन्तर्गत पर्ने हातेमालो सामुदायिक वनभित्र आगजन

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 1,354 पटक पढिएको
  • सुर्खेतमा छोराको फरुवा प्रहारबाट आमाको मृत्यु

    सुर्खेत— सुर्खेतको भेरीगंगा नगरपालिका–१२, मसिनाटोलमा छोराले फरुवाले प्रहार गर्दा आमाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ३० वर्षीय कविराम बस्नेतले घरायसी विवादका क्रममा आमालाई फरुवाले प्रहार गरेका हुन्। सुतिरहेको अवस्थामा प्रहार भएपछि ५० वर्षीया धनिकला बस्नेत गम्भीर घाइते भएकी थिइन्।उनीलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको भए पनि बिहान करिब ८ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।घटनापछि फरार भएका कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले छिन्चु बजार क्षेत्रमा पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 709 पटक पढिएको
  • तीन महिनामा ३०८ महिला हिंसाका घटना, २१ जनाको हत्या

    काठमाडौं— महिला पुनर्स्थापना केन्द्र (ओरेक) का अनुसार गत चैतदेखि जेठसम्म तीन महिनामा देशभर ३०८ वटा महिला हिंसाका घटना दर्ता भएका छन्।तीमध्ये २१ वटा हत्या र ३ वटा हत्या प्रयासका घटना भएको ओरेकले जनाएको छ। हिंसाका घटनामध्ये ४१ वटा पत्रपत्रिकाबाट र २६७ वटा प्रत्यक्ष स्रोतबाट संकलन गरिएको हो।ओरेकका कार्यक्रम व्यवस्थापक सुलोचना खनालका अनुसार हत्या हुनेमध्ये २९ प्रतिशत १८–२५ वर्षका युवती, २४ प्रतिशत २६–३५ वर्षका महिला, र १९ प्रतिशत बालिका छन्।हत्या गर्नेमा ४३ प्रतिशत श्रीमान, २४ प्रतिशत परिवारका सदस्य, १० प्रतिशत छिमेकी, ५ प्रतिशत साथी, र १४ प्रतिशत पूर्वपति रहेका छन्।प्रहरी तथ्याङ्क अनुसार सो अवधिम

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 613 पटक पढिएको
  • जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट गर्ने ३ पक्राउ

    काठमाडौैं— राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा छन् ।उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।उनीहरूको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहर

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 743 पटक पढिएको
  • नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास

    सर्लाही— सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिजो (बिहीबार) साँझ आक्रमणको प्रयास भएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी बजारस्थित प्रमुख प्रशासकीय अधिकृत साह बस्दै आएको क्वार्टरमा केही वडाध्यक्षको नेतृत्वमा स्थानीय समूह पुगेको र तोडफोडसहित आक्रमणको प्रयास गरिएको प्रहरीले जनाएको छ ।आक्रोशित वडाध्यक्ष र स्थानीयले मेयर र प्रमुख प्रशासकीय अधिकृतले लालबन्दीमै बसेर कार्यालय सञ्चालन गर्दै अनियमितता गरेको र जनताका समस्यातर्फ उदासिन रहेको आरोप लगाएका छन् । उनीहरूले कोठामा रहेका टेबल, कुर्सी र अन्य सामग्रीसमेत तोडफोड

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 599 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.