अपराध

    Showing 991-1,000 of 1,396 items.
  • धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

    चितवन— एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् ।भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् ।उनले दुई जनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसपश्चात् उनले खुर्पा आफैमाथि प्रहार गर

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 296 पटक पढिएको
  • १८ जना जुवाडे पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन्।दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका-११ घर भएका २९ वर्षीय नरेन्द्र केसीको कोठामा जुवातास खेलिरहेको अवस्थामा नरेन्द्र समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ८ सय ६५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।  काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-८ कोशीपारी बस्ने शिव श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-८ बस्ने ३३ वर्षीय सविन श्रेष्ठ समेत १० जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।प्रहरी च

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 238 पटक पढिएको
  • ३ अर्बको भ्रष्टचार मुद्दामा मुछिए कांग्रेस नेता मोहन बस्नेतसहित १६ जना, को को हुन १६ जना ?

    काठमाडौं— कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो तथा सजाग माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमको खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बस्नेतलगायतलाई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।अख्तियारका अनुसार तत्कालीन सञ्चारमन्त्री बस्नेत, दूरसञ्चारका तत्कालीन अध्यक्षहरू झा र पुरुषोत

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 359 पटक पढिएको
  • डिउटीमा रहेका प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर शाह परे कारबाहीमा

    काठमाडौं— काठमाडौंको नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साह कारबाहीमा परेका छन् । बुधवार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  सहायक हवल्दारमाथि कुटपिट गर्ने प्रहरी निरीक्षक साहको जिम्मेवारी खोसिएको प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङले जानकारी दिए। साहमाथि छानबिन सुरु भएको उनले बताए । साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ ल्याइएको बताउँदै अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले बताए । घटना बुधबार दिउँसो भएको उनको भनाइ छ ।&

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 392 पटक पढिएको
  • चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— चोरी र लिखत सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–४ खोरीयागाउँ बस्ने २६ वर्षीय शिलबहादुर तामाङ रहेका छन्।शिलबहादुरमाथि भएको चोरी र लिखत सम्बन्धी कसुर मुद्दामा उच्च अदालत पाटनको २०८० जेठ ५ गतेको फैसलाले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पेस गरिएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 329 पटक पढिएको
  • हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ

    काठमाडौं— रुपन्देहीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी–८ घर भएका निदेश बानियाँ रहेका छन् ।आरोपीको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार बरामद गरिएको रुपन्देहीका एसपी प्रदीप क्षेत्रीले जानकारी दिए। १ हजार र ५ सयको नोटसहित उनी सिद्धार्थनगर नगरपालिका–५ स्थित मिलनचोकबाट पक्राउ परेका हुन् । आरोपीबारे अनुसन्धान भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 203 पटक पढिएको
  • विद्यार्थीलाई कुट्ने शिक्षकले महिला नगर सदस्यमाथि हातपात गरेपछि भयो हंगामा

    काठमाडौं— कालिकोटको रास्कोट नगरपालिका–२ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले महिला जनप्रतिनिधि तथा नगर कार्यापालिका सदस्यलाई हातपात गरेका छन् । शिक्षक उपेन्द्र सिम्खाडाले वैशाख ३१ गते मदिरा सेवन गरी महिला जनप्रतिनिधिमाथि हातपात गरेका हुन् ।शिक्षकले दिउँसो मदिरा सेवन गरेको अवस्थामा २ नंम्बर वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म उनको तीव्र आलोचना भएको छ ।आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको स्थानीय चक्रनाथ योगीले जानकारी

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 290 पटक पढिएको
  • प्रहरी निरीक्षकको गालामा बजेको चड्कन, सहायक हवल्दारको मौन पीडा

    काठमाडौं— नागढुंगाको सडकमा धुवाँ र चिसो मिसिएको थियो। पहाड काटेर बनेको त्यो सडक, सधैं झै भीडभाड नै थियो। ट्राफिक सहायक हवल्दार रमेश (नाम परिवर्तित) सदाझैं ड्युटीमा खटिएका थिए उनी, पोशाक लगाएर, सिटी सम्हालेर, मनमा जिम्मेवारीको भारी बोकेर।सडकमा ट्राफिक प्रहरीहरू, गाडीहरूको चाप व्यवस्थापन गर्नमा व्यस्त नै थिए। सहायक हवल्दार पनि आफ्नो पोशाकमा ढुंगाजस्तै अनुशासित भएर आफ्नो काममा खटिइरहेका थिए।तर त्यो दिन भने फरक भयो।एक्कासी आएको चर्को आदेशात्मक आवाज । ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख, निरीक्षक जितेन्द्र साह, तेज कदममा अघि बढ्दै आए। उनको अनुहारमा रिसको रेखा त थियो नै, आँखामा त्यसको चिन्गारी पन

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 339 पटक पढिएको
  • बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

    बारा, ३१ बैसाख। ललाई फकाई बिभिन्न प्रलोभन देखाएर बाराकी एकचेलीलाई भारतको राजधानी दिल्ली स्थित बेश्यालय पुर्याउन खोजेका एकजना युवक भारतीय सीमा सुरक्षा बल एसएसबीको फन्दामा परेका छन्। रौतहट संग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित एसएसबी क्याम्पको टोलीले गएराती उनीहरुलाई पक्राउ गरेको हो।नेपालबाट एकजना युवकले मानव तस्कारीको उदेश्यले एक युवती लिएर आउँदै गरेको सूचनाको आधारमा नेपाल भारत सीमाक्षेत्र पिल्लर संख्या 3556/2 नजिकै मोटरसाईकलमा जाँदै गरेको अवस्थामा युवा युवतीलाई पक्राउ गरेको एसएसबीले जनाएको छ। पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 241 पटक पढिएको
  • विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं - बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका-८ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने २१ वर्षीय ललित बोहरा रहेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साउदलाई काठमाडौं-१२ र बोहरालाई ललतिपुर-३ बाट पक्राउ गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।साउदले आयरल्याण्ड पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ४१ लाख ९० हजार र युके पठाइदिन्छु भन्दै बोहराले एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आचार्य

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 304 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा