काठमाडौं— बहुविवाह कसुरमा दोषी ठहर भएका नेकपा (एमाले)का नेता पासाङ शेर्पा जेल चलान भएका छन् । मंगलबार साँझ पक्राउ परेका शेर्पा बुधबार जेल चलान भएका हुन् ।
प्रहरीका अनुसार, शेर्पालाई जिल्ला अदालत काठमाडौंको आदेशले डिल्लीबजार कारागार चलान गरिएको हो । काठमाडौं प्रहरीको टोलीले शेर्पालाई धुम्बाराहीबाट पक्राउ परेको थियो ।
बहुविवाहको आरोपमा काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेको छ ।






































