काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा अघि बढिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकी पत्नीमाथि पनि अनुसन्धानको दायरा विस्तार गरेको छ।अख्तियारले प्रदीप अधिकारीकी पत्नी तथा नेपाली सेनाकी प्राविधिक सह–सेनानी ९क्याप्टेन० सुफल केसीको भूमिकाबारे छानबिन गर्न रक्षा मन्त्रालय र जंगी अड्डालाई औपचारिक पत्राचार गरेको हो। आयोगको प्रारम्भिक निष्कर्षअनुसार विवादित जग्गा कारोबार र आर्थिक लेनदेनमा उनको बैंक खाता प्रयोग भएको आशंका गरिएको छ।विमानस्थल निर्माणसँग सम्बन्धित ठेकेदारसँग भएको भनिएको जग्गा कारोबारमा आर्थिक अनि
काठमाडौँ। नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ ।नेपाल प्रहरीका अनुसार काठमाडौँ, मकवानपुर, बारा, धनकुटा, कैलाली र रूपन्देहीबाट खैरो हेरोइन, ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको हो ।काठमाडौँ महानगरपालिकाबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि–२ नागढुङ्गाबाट नाइट्राजेपामसहित दुई जना, बाराबाट गाँजासहित एक जना, मकवानपुरबाट ब्राउन सुगरसहित पाँच जना र धनकुटाबाट ट्रामाडोलसहित एक जना पक्राउ परेका छन् ।यस्तै, कैलालीबाट खैरो हेरोइनसहित चार जना तथा रूपन्देहीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहर
काठमाडौँ। आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा लिखुका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तु शिवराजकी कविता वेल्वासे छन् ।प्रहरीका अनुसार प्रदीपकुमारले कम्बोडिया पठाइदिन्छु भन्दै एक जनाबाट रु चार लाख र कविताले युएई पठाइदिने भन्दै रु एक लाख आठ हजार लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा खोजतलास गरिएको थियो ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको छ ।
काठमाडौं।नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।आयोगका अनुसार अधिकारीले आफ्नो पद र प्रभावको दुरुपयोग गर्दै गैरकानुनी रूपमा प्राप्त सम्पत्तिलाई वैध देखाउने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यसैका आधारमा आयोगले एक करोड ७१ लाख रुपैयाँ बराबरको बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा अघि बढाएको हो।अख्तियारले अधिकारीले गायत्री निर्माण सेवाका सञ्चालक प्रेमप्रकाश ढकालबाट १३ आना जग्गा प्राप्त गरेको आरोप लगाएको छ। उक्त जग्गा प्राप्तिको आधार, आर्थिक स्रोत र क
काठमाडौं / काठमाडौंको मित्रनगरस्थित एक होटलमा युवती मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–३, चक्रपथ साम्बाला नजिक बस्दै आएका २७ वर्षीय रमेश बुढा रहेका छन्। उनलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।प्रहरीका अनुसार साउन ३ गते काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित होटल माउन्टेन प्लाजाको चौथो तलाको ४०४ नम्बर कोठामा एक युवती मृत अवस्थामा फेला परेकी थिइन्।घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले प्राविधिक विश्लेषणसहित अनुसन्धान अघि बढाएको थियो। अनु
दाङ। दाङको गौरीगंगा नगरपालिका–८ स्थित शिवशक्ति सामुदायिक वनमा सालको रूखमा लुकाएर राखिएको अवस्थामा प्रहरीले एकनाले भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले वनभित्रको रूखमा लुकाइराखिएको बन्दुक फेला पारेको हो।प्रहरीको अनुसन्धानपछि उक्त बन्दुक सोही क्षेत्रको देउराली टोलका २९ वर्षीय पदम दर्लामी मगर को रहेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।प्रहरीका अनुसार बरामद गरिएको भरुवा बन्दुक किन र कस्तो उद्देश्यले वनभित्र लुकाएर राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। पक्राउ परेका मगरमाथि प्रचलित कानुनअनुसार हतियारसम्बन
बागमती। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता भएकोमा ७७ फछ्र्योट भएका छन् ।अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ विभिन्न २३ शीर्षकमा भएका अपराध दर्ताका मुद्दामध्ये सबैभन्दा बढी अभद्र व्यहार सम्बन्धी रहेकोमा सो मुद्दा शतप्रतिशत फछ्र्योट भएको छ । त्यस्तै लागुऔषधसम्बन्धी २५ मुद्दा सबै फछ्र्योट भएका छन् ।असार महिनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ विभिन्न ४३ उजुरी परेकोमा ३५ फछ्र्योट भएको सूचना अधिकारी प्रनाउ माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।यस अवधिमा घरेलु हिंसातर्फ ३६ उजुरी परेकोमा १९ मिलापत्र गराइएको भने तीन अदालत पठाइएको छ । असार
काठमाडौं / स्कुटर चोरीमा संलग्न व्यक्ति पक्राउ परेको छ ।भक्तपुरको सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी भएको घटनमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका-४ घर भएका ३१ वर्षीय माइते सिं स्याङ्तानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट साउन १ गते राति बा.प्र.0२-0६४ प ६६६८ नम्बरको स्कुटर हराएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न स्याङ्तानलाई सूर्यविनायक नगरपालिका-१ सल्लाघारीबाट चोरी भएको स्कुटर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
भद्रपुर। डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापामा वित्तीय अपराधका घटना बढ्दै गएको पाइएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी गरी ३७३ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २७० वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने १०३ वटा मुद्दा अनुसन्धानकै क्रममा छन् ।उक्त घटनामा संलग्न १५५ जना पक्राउ परेका छन् भने ३१० जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो ।“प्रविधिको दुरुपयोग, अपरिचित व्यक्तिलाई सहजै विश्वास गर्ने प्रवृत्ति
गण्डकी। पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको छ ।पोखराका विभिन्न ठाउँमा भएका चोरीका घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक राहुल निषाद, सोमनाथ हनुमंत जाधव, चिनियाँ नागरिक वेन जिई ध्भल व्ष्भ र वाङ ल्यानयिन ध्बलन ीष्बलथष्ल लाई पक्राउ गरिएको हो ।यस्तै स्याङ्जा चापाकोटका ४२ वर्षीय राजकुमार विक, कास्कीको पोखरा महानगरपालिका–१६ का ५१ वर्षीय केशव पाइजा मगर, अन्नपूर्ण गाउँपालिका–७ का खिमबहादुर क्षेत्री, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ का अशोक पोख्रेल र बागलुङको बागलुङ नग
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.