काठमाडौं । मिटरब्याज पीडितको आन्दोलन चर्किरहेका बेला सरकारले विगतमा गठन भएका सबै आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयलाई प्रतिवेदन कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

यो निर्णय गृहमन्त्री सुधन गुरुङले बारामा मिटरब्याज पीडितसँग वार्ता गरेको केही घण्टामै आएको हो। जनकपुरबाट काठमाडौंतर्फ न्याय मार्च गरिरहेका पीडितहरूले भने लिखित प्रतिबद्धता र ठोस कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने अडान दोहोर्‍याएका छन्।