काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको नेतृत्वमा ठूलो फेरबदल गर्दै महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारी समेत दिएको छ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै श्रेष्ठलाई निगमको सञ्चालक समिति अध्यक्ष र महाप्रबन्धक दुवै पदको कार्यभार सम्हाल्ने निर्णय गरेको हो।
सरकारको यो निर्णयसँगै अब निगमको व्यवस्थापन र नीतिगत नेतृत्व एकै व्यक्तिको जिम्मामा रहने भएको छ। सरकारले यसबाट संस्थाको निर्णय प्रक्रिया छिटो हुने र सुधारका काम प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरेको छ।






































