फिल्म ‘टिका’को शुभ मुहूर्त गरिएको छ। पाटनस्थित बगलामुखी मन्दिरमा बिहीबार आयोजित विशेष कार्यक्रममा निर्माण टिम, कलाकार तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा, क्ल्याप र स्कृप्ट पूजा गर्दै शुभ मुर्हूत गरियो । 

भविष्य फिल्मस् प्राली र थर्ड आइ आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म आगामी भदौ २६ लाई प्रदर्शन मिति तोकिसकिएको छ । फिल्म अर्को साताबाट फ्लोरमा जाँदै छ ।  फिल्मका निर्देशक शंकर कार्की हुन् ।

कार्यक्रममा बोल्दै निर्माता भविष्य खड्काले सामाजिक रूपमा विभिन्न विभेद खेप्नुपरेको महिलाको गम्भीर कथामा फिल्म बन्न लागेको बताइन् । पछिल्लो ब्लकवस्टर 'जेरी अन टप' निर्माता समेत रहेकी खड्काले उक्त फिल्मबाट प्राप्त अनुभव, भोगाइ र सिकाइले 'टिका' निर्माणमा जुटेको बताइन् । खड्का दसैँ रिलिज तोकिएको 'बाटुलो जुन'को समेत निर्माता हुन् ।

फिल्ममा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, पार्वती अधिकारी र आयुषी ढकालकाे अभिनय रहनेछ । फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसी हुन् ।

कथा शंकर कार्की र चन्दन झाले तयार गरेको फिल्ममा  पटकथा विश्वास तिम्सिना (बिटी कान्छा) को रहेको छ । कालीप्रसाद बाँस्कोटा र केतन क्षेत्रीको संगीत फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् ।