लेखक : केदारनाथ सिग्देल, राजघाट -६ सर्लाही
बाच्नै कठिन दिउसै गोलि चल्यो
टिक्नै गाह्रो छ
दिउसै लुटपाट
कता छ शान्ति ?
मेरो जेनजी
कतै सुत्यापो छ कि
कुनै गाउमा ?
जेनजी भाई
हाम्रो हो नेपाल र
जनता पनि
हाम्रो जेनजी
हास्दैछ माथि हेरी
आशै आशामा
जेनजी उठ:
सुन्दर बन्नलाई
उज्यालो भयो
आउनै पर्छ
भूमि उजिल्याउन।






































