नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले हात पारेकी छन्।
शनिबार राति सम्पन्न भव्य ‘ग्राण्ड फिनाले’ मा दर्शकको सर्वाधिक मत प्राप्त गर्दै दैलेखकी नीताले यस सिजनको विजेता बन्ने सौभाग्य पाएकी हुन्।
उनी चर्चित गायक तथा कोच राजु लामाको टिमबाट प्रतिस्पर्धामा उत्रिएकी थिइन्।
फिनालेको अन्तिम प्रतिस्पर्धामा चारैजना कोचका उत्कृष्ट प्रतिभाहरूबीच कडा प्रतिस्पर्धा भएको थियो।
जसमा नीताले उपाधि जित्दा सागर संसार राई फर्स्ट रनरअप (कोच खेम सेन्चुरीको टिम), पुनम गुरूङ सेकेण्ड रनरअप (कोच प्रमोद खरेलको टिम), सञ्जिता दुरा थर्ड रनरअप (कोच मेलिना राईको टिम) भएका छन्।
यस जीतसँगै नीताले नगद पुरस्कारसहित विभिन्न उपहारहरू प्राप्त गरेकी छन्।






































