फिल्म ‘आ बाट आमा’को सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच पास समिति(सेन्सर बोर्ड)ले सोमबार फिल्म हेर्दै युनिभर्सल सर्टिफिकेट (सबैले हेर्न मिल्ने) दिँदै प्रदर्शनका लागि पास गरेको हो ।

फिल्मका निर्देशक चन्द्र पन्तले फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने गरेर पास भएको खुसी व्यक्त गरे । फिल्ममा भारतीय अभिनेता प्रदीप रावत, अभिनेत्री बिपना थापा, पल शाह, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपाली लगायतको अभिनय छ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा छ । फिल्ममा संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम, कोरियोग्राफी गम्भीर विष्ट र दिलिप ओखेडाको र छायांकन नवराज उप्रेतीको छ ।

फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने, क्षितिज ढुंगाना निर्माताका रूपमा रहेका छन् भने कार्यकारी निर्माता करण सिंह रसाली हुन् । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ ।