आगामी शुक्रबार (मङ्सिर २६) बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लोकन्ती’ को शीर्षक गीत ‘जन्ती लाई मन पर्‍यो लोकन्ती’ सार्वजनिक गरिएको छ ।

रोमान्टिक डान्सिङ्ग नम्बरको रुपमा सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार यसराज गराच, ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने र विकाश अधिकारीको अभिनय छ । गीतमा कविर सिंह ठकुरीको स्वर र सन्दीप डाँगीको शब्द, संगीत छ ।

परिवार, प्रेम, संघर्ष, शान्तिको बिषयमा निर्माण भएको फिल्म रञ्जित रानाले निर्देशन गरेका हुन् । कृशन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सन्तोष न्यौपाने हुन् ।

फिल्ममा यसराज र ऋचाको अलवा विमला लिम्बु, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभा लगायत कलाकारहरूको मुख्य भूमिका छ । काजी लिम्बुले लेखन रहेको फिल्ममा संगीत विकास चौधरी, छायाङ्कनमा रोनिश तामाङ च्याङ्बा र सम्पादन गौतमराज खड्काको रहेको छ ।