रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’को गीत ‘मेरो प्रियमत’ रिलिज भएको छ। गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई फिचरिङ गराइएको छ। उनीहरुको जोडी यो गीतमा निकै सुहाएको देखिन्छ।
गीतमा प्रताव दास र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ भने यस गीतलाई सिर्जना लम्सालले लेखेकी हुन्। किरण भुसालको संगीत रिदम कँडेलको संगीत संयोजन रहेको यो गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्। यस गीतको कोरियाग्राफी देबेन्द्र कुँवरको छ भने छायांकन अजय रेग्मीको छ।
यो फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालसँगै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खबपु, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोला लगायतका कलाकारले अभिनय गरेका छन्।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन्। निर्माता सिंहको यो डेब्यु निर्माण हो। त्यसैगरि यो फिल्मको को–प्रोड्युसरमा रीता चौधरी हुन् । यो फिल्म आगामी पुस १० गतेदेखि प्रदर्शनमा आउन लागेको हो।
तारा थापा ‘किम्भे’को सम्पादन र डिओपी अजय रेग्मीको छ। फिल्ममा संगीत किरण भुषालले दिएका छन्। फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ। यस गीतलाई युना इन्टरटेन्टमेन्ट युटुब च्यानलमार्फत हेर्न सकिने छ।





































