बलिउड कलाकारका थुप्रै प्रेम कथा छन् । कतिपय मित्रताबाट प्रेममा बदलिएको छ भने केही प्रेम सम्बन्ध पनि छन्, जुन विवादको कारण  बनेको छ । अहिले चर्चा बलिउडका ती ५ चर्चित अभिनेत्रीको गर्न खोजिएको छ । जसले आफ्नै मिल्ने साथीको श्रीमान्‌सँग  विवाह गरेका छन् ।

हंसिका मोटवानी

बलिउड फिल्मको अलवा टिभी र साउथमा समेत काम गरिसकेकी अभिनेत्री हंसिका मोटवानीले सन् २०२२ मा व्यवसायी सोहेल कठुरियासँग विवाह गरिन् । 

तर, विवाहअघि नै यो खबर बाहिर आयो कि सोहेल हंसिकाकी साथी रिंकी बजाजका पूर्वपति हुन् ।यो विवाहका कारण हंसिका र रिंकीको मित्रता टुट्यो । यो विषय निकै चर्चामा रह्यो ।

यद्यपि, हालै उनीहरूको वैवाहिक जीवनमा खटपट आएको र अलग बस्न थालेको हल्ला चल्न थालेको छ । 

शिल्पा शेट्टी

बलिउडकी फिटनेस फ्रेम शिल्पा शेट्टीले सन् २००९ मा राज कुन्द्रासँग विवाह गरिन् ।राजले शिल्पाअघि कविता कुन्द्रासँग विवाह गरेका थिए । कविता शिल्पाकी राम्रो साथी थिइन् । कवितासँगको सम्बन्ध विच्छेदपछि राज र शिल्पाले विवाह गरेका थिए । जसले बलिउडमा निकै गसिप सिर्जना गर्‍यो ।

अमृता अरोडा

मलाइका अरोडाकी बहिनी अमृताले व्यवसायी शकील लदाकसँग विवाह गरिन् । शकीलले उनी अघि निशा राणासँग विवाह गरेका थिए । जो अमृताकी नजिककी साथी थिइन् । निशासँगको सम्बन्ध विच्छेदपछि अमृताले शकीलसँग लगनगाँठो कसिन् । 

सोनिया कपुर

टेलिभिजन अभिनेत्री सोनिया कपुरले सन् २०१८ मा चर्चित संगीतकार तथा गायक हिमेश रेशमियासँग विवाह गरिन् । हिमेश पहिले कोमलसँग विवाह गरेका थिए । रोचक कुरा के छ भने, कोमल सोनियाकी राम्रो साथी थिइन् । सन् २०१७ मा हिमेश र कोमलको सम्बन्ध विच्छेदपछि  सोनियाले हिमेशसँग विवाह गरेकी हुन् ।

रविना टण्डन

अभिनेत्री रविना टण्डनले सन् २००४ मा फिल्म वितरक अनिल थडानीसँग विवाह गरिन् । 

अनिलको पहिले नताशा सिप्पीसँग विवाह भएको थियो । नताशा बलिउड निर्माता रोमु सिप्पीकी छोरी र रविनाकी ‘बेस्ट फ्रेन्ड’ थिइन् । फिल्म ‘स्टम्प्ड’ को सेटमा रविना र अनिलको भेट भएको थियो । पछि दुवैले विवाह गरे ।