दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु केही दिनदेखि आफ्नो व्यक्तिगत जीवनका कारण समाचारमा छिन् ।

हिन्दुस्तान टाइम्सको समाचारका अनुसार सामन्थाले डिसेम्बर १ मा आफ्नो प्रेमी राज निदिमोरुसँग विवाह गरेकी छन् । यो उनको दोस्रो बिहे हो । दक्षिण भारतीय अभिनेता नागा चैतन्यसँगको उनको पहिलो विवाह पाँच वर्षभित्र टुंगिएको थियो । लामो समयसम्म एक अर्कालाई डेट गरेपछि समान्था र नागाले बिहे गरेका थिए । सम्बन्धविच्छेदपछि नागाले शोभिता धुलिपालासँग विवाह गरेका छन् ।

यसैबिच सामन्थाले पनि लगनगाँठो कसेको खबर आएको छ । राज निदिमोरुको पहिलो विवाह सन् २०१५ मा श्यामली डेसँग भएको थियो, तर २०२२ मा उनीहरू अलग भए । मनोविज्ञानमा स्नातक गरेकी श्यामली 'रंग दे बसन्ती' र 'ओमकारा' जस्ता फिल्महरूमा पटकथा लेखन र सल्लाहकार पनि थिइन् ।

राजकी पूर्वपत्नी श्यामाली डेले इन्स्टामा एउटा क्रिप्टिक पोस्ट गरेकी थिइन् । यसपछि आइतबार रातिदेखि नै सामन्थाले बिहे गरेको चर्चा चर्को भयो । सन् २०२४ यता राज र सामन्था एकअर्कासँग नजिकिएको हल्ला चलेको थियो । दुवैले एक वर्षदेखि एकअर्कालाई डेट गरिरहेको खबरहरू बाहिरिएका थिए । तर दुवैले अहिलेसम्म आफ्नो सम्बन्धबारे खुलेर केही पनि बताएका छैनन् ।