गायिका सुनिता दुलाले इन्गेजमेन्ट गरेकी छन् । बिहीबार दुलालले राजेश केसीसँग इन्गेजमेन्ट गरेकी हुन् ।
इन्गेजमेन्टका फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै दुलालले लेखेकी छन्,'जीवनको नयाँ अध्याय—एक अर्काको हात समाएर, साथ–साथै अघि बढ्ने प्रतिज्ञा । हामीले सुरु गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस् । हाम्रो सँगैको यो खुसी तपाईँहरूको आशिषमा अझ सुन्दर बनोस् ।'
काठमाडौँको एक रिसोर्टमा मंसिर १३ गते शनिबार उनीहरूको विवाह हुँदै छ ।






































