पछिल्ला दिनमा टिकटक, फेसबुकको रिल्स र युट्युबलगायतमा ‘पहिलो हाँसो पहिलो बाेल’ गीत चर्चामा छ।
तर उक्त गीत एआईको सहारामा तयार पारिएको पाइएको छ । सुरुमा यसको लेखक तथा गायक आफू भएको सिन्धुपाल्चोकका आदित्य श्रेष्ठले दाबी गरेका थिए । हाल आएर उनैले आफूले एआईको सहारामा गीत तयार गरेको स्विकारिसकेका छन् ।
अहिले यो गीत युट्युब च्यानलहरुमा फरक फरक भिडियोसहितसमेत देख्न सकिन्छ ।
यही क्रममा जीबी चिरन नामक युट्युब च्यानलमा समेत सोही गीतलाई भिडियोसहित 'Inspired Version' राखिएको छ । उक्त युटयुब च्यानलको बायोमै भनिएको छ, 'अहिले टिकटकमा निकै चर्चित एउटा एआई गीतले हाम्रो मन गहिरो रूपमा छोयो। त्यस गीतको धुन, भाव र माहोलले हामीलाई साँचो प्रेरणा दियो। त्यसकै प्रभावमा हामीले हाम्रो आफ्नै “Inspired Version” सिर्जना गरेका छौं ।'
जसमा अगाडि भनिएको छ, 'हामीले मूल गीतको केवल सानो अंशबाट मात्र प्रेरणा लिएका हौं र त्यसका गीतकार, प्रति पूर्ण सम्मान व्यक्त गर्दछौं ।'






































