लोकगायक अर्जुन सापकोटाले आफ्नो नयाँ गीत ‘झलिको’ सार्वजनिक गरेका छन् । गीतमा अर्जुनसँगै मेलिना राई र समीक्षा अधिकारीको स्वर छ।

गीतमा शब्द सन्तोष सापकोटा र संगीत अर्जुन स्वयंको छ । कृष्ण रेउलेको थेगो रहेको गीतको संगीत संयोजन एचबीएन किस्मतको हो । गीतमा प्रदीप रोदनको कविता वाचन छ । 

गीतका शब्दहरूले मायाको कुरा गर्छ । प्रेम जोडीको भावनाहरूलाई यसमा व्यक्त गरिएको छ । गीतको भिडियोमा भने वैदेशिक रोजगारीका लागि परदेश जाने युवाहरूको कथा छ । परदेश गएको प्रेमी र गाउँमा रहेकी प्रेमिकाको कथालाई भिडियोले पस्किएको छ । 

भिडिओमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य छ। साथमा शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा लगायत पनि देखिएका छन् । भिडिओको निर्देशन विशालले गरेका हुन् ।  

मुकेश नेपालीको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायाङ्कन, र दिन्शन शाहको सम्पादन छ ।