कलाकार तथा व्यवसायी संजोग कोइरालाले नक्सालमा संचालनमा आएको ‘ऋ क्रिएट’को उद्घाटन गरेका छन् । पोखरामा ४ वर्षदेखि संचालनमा रहेको यो स्टोरको आज सोमबार नक्सालमा दोस्रो शाखाको उद्घाटन गरिएको हो । 

यो स्टोरमा मौलिक र देवी देवताका आकृतिलाई मोर्डन रुपमा आर्ट गरिएको छ । यो स्टोरमा नेपाली कल्चर र देवी देवताका ५९ वटा आर्ट छन् । अनलाइनमा काठमाडौं र अष्ट्रेलीयाबाट राम्रो माग आएपछि आउटलेट खोलेको आर्टिस्ट तथा संचालक रितेश पौडेलले जानकारी दिएका छन् । 

स्टोर उद्घाटन गर्न पुगेका सन्जोग कोइरालाले रितेश जस्ता युवाहरूले नेपालमै युवा उद्यमीहरु बनेर रोजगारी श्रृजना गरेको भन्दै यस्ता युवाहरूलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताए ।