बाइस्कोप सिनेमा प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्म ‘परान’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिकको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको ट्रेलरमा बाबु र छोराको सम्बन्धको कथा देखाइएको छ । सन्तानको मायाले बाबु आमाको प्राण भरेको हुन्छ भन्ने कथा फिल्ममा छ ।
दीपक प्रसाद आचार्यको कथा र निर्देशनमा तयार भएको यो फिल्ममा रञ्जित आचार्य र शेखर गोल्छाको लगानी छ । नीर शाह, मदन कृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी, अन्जना बराइली, वुद्दि तामाङ लगायतका कलाकारहरूको यो फिल्ममा अभिनय छ ।
यम थापाको पटकथा र संवाद रहेको फिल्ममा रिदम कँडेलको संगीत, मित्र डी गुरुङको सम्पादन, शिवराम श्रेष्ठको डीओपी, सुनिल क्षेत्रीको कोरियोग्राफी छ । फिल्मका कार्यकारी निर्माता अजय उपाध्याय हुन् ।
फिल्ममा समावेश ‘तेरो बाउको प्राण सासले होइन, साथले चलेको हो, सन्तान भनेको बाबु आमाको ढुकढुकी बन्ने मात्र होइन, ढुकढुकी गन्ने पनि चाहिन्छ’ जस्ता संवादहरू मर्मस्पर्शी छन् ।