अनन्या फिल्मस्को निर्माणमा सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्म ‘जेरीः अन टप’को नयाँ गीत ‘कुरौनी’ सार्वजनिक गरिएको छ । असोजको ३१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको सार्वजनिक गीतमा कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर छ । उनलाई गीतमा गायिका सोमिया बराइलीले साथ दिएकी छिन् । 

सार्वजनिक गीतको भिडियोमा नायक अनमोल केसी, नायिकाद्धय जसिता गुरुङ र आँचल शर्मा, कलाकार केदार प्रसाद घिमिरेलाई फिचरिङ गरिएको छ । 

शेर्पा संस्कृति र भेषभुषामा जसिता देखिएकी छिन् । गीतको भिडियो हेर्दा मुस्ताङ पुगेका अनमोल, आँचल र केदारलाई स्थानीयहरूले स्वागत गरेको देख्न सकिन्छ । 

भविष्य खड्का, रोविन शेरचन, रामकृष्ण खड्का, दीपक भण्डारी र अनन्या न्यौपानेको लगानीमा तयार भएको यो फिल्ममा अनिरुद्र गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् । 

नविन घिमिरे र विवेक थापा एसोसियट निर्माता रहेको फिल्मका क्रियटिभ निर्माता मोती कार्की हुन् । 

फिल्ममा विश्वास तिम्सिनाको पटकथा, कालीप्रसाद बास्कोटा, एसडी योगी, जयन जे वाइवा, व्रिजेश श्रेष्ठ र जोन चाम्लिङ राईको संगीत छ । किरण थापाले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुन् । सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्ममा दुलिप रेग्मीको डीओपी, निमेष श्रेष्ठको सम्पादन छ ।