लामो समयको प्रेमपछि नायक सविन श्रेष्ठ र नायिका अनु शाह बैबाहिक जीवनमा बाँधिएका छन् । असोज ११ गते उनीहरू बैबाहिक जीवनमा बाँधिएका हुन् ।
आफ्ना नजिकका आफन्त र परिवारका सदस्यहरूको उपस्थितिमा अनु र सविन बैबाहिक जीवनमा बाँधिएका हुन् । अनु र सविन लामो समयदेखि लिभिङ टुगेदरमा थिए । उनीहरुले कानुनी बिहे गरेर लिभिङ टुगेदरमा जीवनलाई अगाडि बढाइरहेका थिए ।
सविन र अनुको भेट एक फोटोसुटका क्रममा एक दशक अगाडि भएको थियो । त्यसपछि, यी दुई नजिक भएका थिए ।
सविन अहिले पनि फिल्ममा सक्रिय छन् भने अनु युट्युबमा भ्लग बनाएर दर्शकमाझ नजिक हुँदै आएकी छिन् ।