निर्देशक चन्द्र पन्तले ‘आ बाट आमा’को छायांकन सकेका छन् । ३० दिनको सेड्यूलमा सुरु भएको छायांकन प्राविधिक र कलाकारहरूको सहयोगका कारणले गर्दा २५ दिनमै सकिएको चन्द्रको भनाई छ । 

आमा र सन्तानबिचको माया ममता तथा स्नेहको कथामा यो फिल्म बनेको छ । चितवन र काठमाडौंमा खिचिएको यो फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतका कलाकारहरूको मुख्य भूमिका छ । 

नायक पल शाहले यो फिल्मबाट आफू निकै आशावादी रहेको सुनाए । दर्शकले यो फिल्मलाई साथ दिने र आफूलाई उत्कृष्ट सिर्जनाका लागि प्रेरणा दिने पलको तर्क छ । 

आर्या इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको यो फिल्ममा नवराज उप्रेतीको डीओपी, कोशिश क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतमको संगीत छ ।