नेपाली सङ्गीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’ भित्रिएको छ । गीतमा राज टाइगरको शब्द, वसन्ती लामाको सङ्गीत र गायक विवेक दोङको स्वर छ । 

गीतको भिडियोमा सूर्यकुमार र रविना कार्कीको अभिनय देख्न सकिन्छ । अमर ओलीको निर्देशन रहेको भिडियो ज्ञानकुमार कट्टेलले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई सदिक्षा फिल्मस् युट्युबमार्फत हेर्न सकिन्छ ।