स्वर्गीय गायक कृष्णविक्रम थापाको चर्चित गीत ‘सिन्धुली गढी घुमेर हेर्दा पुन: रेकर्ड गरिएको छ । थापाले विसं २०३६ सालमा रेडियो नेपालमा रेकर्ड गरेर प्रथम पुरस्कार समेत जित्न सफल गीत अहिले गायक थापाकै जेठो छोरा राजु थापाले आफ्नो स्वरमा रेकर्ड गरेका हुन् ।
गीतमा शब्द तथा संगीत समेत स्व. थापाको रहेको छ । गीतको भिडियो पनि बनेको छ । सिन्धुलीको सान बोकेको गीतको छायाङ्कन सिन्धुली जिल्लाकै सेरोफेरोमा भएको छ ।
भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्कीको अभिनय देख्न सकिन्छ । पवन केसी, सत्यदेवी पवित्रा रम्तेल र काजी थापाको पनि अभिनय रहेको गीतको भिडियो वासु बरालले छायाङ्कन गरेका हुन् । भिडियो क्रान्ति केसीले निर्देशन गरेकी हुन् ।