सोमबार मात्र सार्वजनिक भएको फिल्म ‘जेरीः अन टप’को ‘कस्तूरी’ बोलको गीत युट्युबबाट हटेको छ । बूढासुब्बा डिजिटलबाट यो गीत सार्वजनिक भएको थियो ।
गीत युट्युबबाट हटेपछि दर्शकहरुले यसप्रति व्यापक चासो समेत राखेका छन् । फिल्मका निर्माता सरोज न्यौपानेले प्राविधिक कारणले गर्दा गीत युट्युबबाट हटाइएको र आज वा भोलिसम्म फेरि अपलोड हुने जानकारी दिएका छन् ।
यता, नायक अनमोल केसीले पनि सामाजिक संजालमार्फत प्राविधिक समस्या आएपछि गीत हटेको उल्लेख गरेका छन् । उनले, आफ्ना दर्शकहरुसँग माफी माग्दै चाँडै नै गीत अपलोड हुने जानकारी दिएका छन् ।
यो गीत सार्वजनिक भएपछि दर्शकले नायक अनमोल केसी र नायिका आँचल शर्माको जोडीको खुलेरै तारिफ गरेका थिए । गीतको भिडियोलाई बढी मन पराइएको थियो । दर्शकले गीतको अडियोलाई भने औषत प्रतिक्रिया दिइरहेका थिए ।
सुयोग गुरुङको निर्देशनमा तयार भएको यो फिल्मको टिजर सार्वजनिक भएपछि चर्चा चुलिएको छ । फिल्ममा जसिता गुरुङ, भुवन केसी, केदार प्रसाद घिमिरे, उषा खड्गी लगायतका कलाकारहरूको पनि अभिनय छ ।