गायक प्रेम सेनको नयाँ गीत ‘आकाशैमा’का शब्द हुन् यी । प्रेमकै शब्द तथा संगीत रहेको गीतले पूर्वेली मारुनी भाका प्रस्तुत गर्छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् ।
मायाप्रेमको भाव व्यक्त गर्ने गीतको भिडियोमा प्रेम आफैँ फिचर्ड छन् । दिनेश पराजुलीले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् ।
गीतको रेकर्डिङ ए वान म्युजिसियनमा गरिएको हो भने राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गरेका छन् ।
‘पूर्वेली भाका मारुनी लय छ यो गीतमा । देशमा विषम परिस्थिति भएको बेला भएपनि चाडपर्वमा श्रोताहरुलाई नोस्टाल्जिक बनाउला भन्ने अपेक्षा राखेको छु,’ प्रेमले रातोपाटीसँग भने । उनले केही समयअघि ‘म्याङ्लुङ बजार’ गीत सार्वजनिक गरेका थिए ।
'आकाशैमा' गीत 'प्रेम सेन' युट्युब च्यानलमा रिलिज गरिएको छ ।