यो वर्षको भदौ महिनासम्म २ फिल्मले मात्र नेपाली बक्सअफिसमा १० करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेका छन् । नेपाली भाषाको फिल्म ‘ऊनको स्वीटर’ र हिन्दी भाषाको ‘सैयारा’ले मात्र नेपाली बजारमा यो उपलब्धि हासिल गरेको हो।
नायक विपिन कार्की र नायिका मिरुना मगरको प्रुख भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’को लाइफटाइम कलेक्सन ११ करोड ४१ लाख ३१ हजार ४१० रुपैयाँ ग्रस छ । यो फिल्मको ३ लाख ८७ हजार १७५ वटा टिकट बिक्री भएको थियो।
त्यस्तै, बलिउड फिल्म ‘सैयारा’ दोस्रो स्थानमा छ, जसले १० करोड १४ लाख ९२ हजार ६७४ रुपैयाँ ग्रस कमाइ गरेको छ । ‘सैयारा’का ३ लाख ३० हजार ६९८ वटा टिकट बिक्री भएको तियो।