चर्चित डान्सर सीता सुवेदीको निधन भएको छ।  ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको ४० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । 

१ महिनादेखि अस्पतालको भेन्टिलेटरमा रहेकी उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ । चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ ।

उनले एक खुट्टाले नाचेर पहिचान बनाएकी थिइन् । उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कथक नृत्यमा स्वर्ण पदक विजेता थिइन् ।

उनले १०० भन्दा धेरै स्टेजमा प्रस्तुति दिएकी थिइन् । साथै, अन्तर्राष्ट्रिय स्तरमा हुने इभेन्टमा पनि मुलुकको प्रतिनिधित्व गरेकी थिइन् ।