फिल्म ‘परान’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसको निर्माणपक्षले यसअघि महेश त्रिपाठी र अन्जना बराइलीलाई चित्रित गर्दै पोस्टर सार्वजनिक गरेको थियो ।  पोस्टरमा कलाकार नीर शाहलाई मात्र स्थान दिइएको छ। 

सार्वजनिक नयाँ पोस्टरमा नीर शाह शंख फुक्दै गरेको अवस्थामा छन् । उनको यो पोस्टरले फिल्ममा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्वपूर्ण स्थान हुने संकेत दिएको छ । यो फिल्मको मुख्य ट्याग लाइन ‘सासले होइन, साथले चल्ने छ’ राखिएको छ ।


गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा रहेको कम्पनी बाइस्कोप सिने प्रालिले यो फिल्म निर्माण गरेको हो । दीपक प्रसाद आचार्यको कथा र निर्देशन रहेको यो फिल्ममा यम थापाको पटकथा तथा संवाद छ । 

फिल्ममा रिदम कँडेलको संगीत, शिवराम श्रेष्ठको डीओपी, मित्र डी गुरुङको सम्पादन छ । कात्तिकको १४ गतेबाट रिलिजमा आउने यो फिल्मका कार्यकारी निर्माता अजय उपाध्याय हुन् । फिल्ममा नीर शाह, महेश त्रिपाठी, अन्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, वुद्दि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।