आहा फिल्मस्को व्यानरमा फिल्म ‘लज्जावती’ निर्माणको घोषणा गरिएको छ । यो फिल्मको पशुपतिनाथ परिसरमा शुभ साइत गर्दै छायांकन सुरु गरिएको हो । यो फिल्मको शुभमुहुर्त सटको निर्देशन लेखक प्रदीप भारद्वाजले गरेका थिए । 

यो फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्माको मुख्य भूमिका रहनेछ । ३० दिनको सेड्यूल राखेर फिल्मको छायांकन प्रारम्भ गरिएको हो । फिल्ममा माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरि खड्का लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । 

सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्ममा कमल प्रसाद शर्मा र सन्दीप रोकायाको लगानी छ । दीपक भण्डारी कार्यकारी निर्माता रहेको फिल्ममा भिमराज रोकाया सह–निर्माता छन् । दिब्यराज सुवेदीले फिल्म खिच्नेछन् ।