सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको फिल्म ‘जेरीः अन टप’को ‘कस्तूरी’ बोलको गीत सार्वजनिक गरिएको छ । अनन्या फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्म असोजको ३१ गतेबाट रिलिजमा आउँदैछ । जयन जे वाइवाको शब्द तथा संगीत रहेको यो गीतमा आशिष गुवाजु र सदीक्षा कट्टेलको स्वर छ । 

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायक अनमोल केसी र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ । नेपालको मुस्ताङदेखि भारतको राजस्थानसम्मका लोकेशनमा यो गीतको भिडियो खिचिएको छ । किरण थापाले भिडियोको कोरियोग्राफी गरेका छन् । 

यो फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गी, निर्मल शर्मा लगायतका कलाकारहरूको अभिनय छ । 

फिल्ममा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारीको लगानी छ । अनुराधा गिरी र ईश्वर श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा नविन घिमिरे, विवेक थापा र भविष्य खड्गा एसोसियट निर्माताको रुपमा छन् । सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्ममा जोहन चाम्लिङ र व्रिजेश श्रेष्ठको संगीत, विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन छ । 


यो फिल्मले त्रिकोणात्मक प्रेम र सगरमाथा यात्राको कथा भन्छ । फिल्मको टिजर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । असोजको ३१ गतेबाट यो फिल्म रिलिजमा आउँदैछ ।