नायक सुशील श्रेष्ठको प्रमुख भूमिका रहेको एक्सन फिल्म ‘परिवर्तन’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म माघ ९ अर्थात जनवरी २३ तारिखबाट रिलिजमा आउने भएको छ ।

पोस्टरमा नायक सुशील श्रेष्ठको एक्सन अवतार देख्न सकिन्छ । जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को स्पष्ट रुपमा देखिएको छ । हातमा तरबार बोकेर आगोको रापमा उनी खेलेको देखिन्छ । यो फिल्म सस्पेन्स र एक्सन कथामा केन्द्रित छ ।

पोष्टरमा पृष्ठभूमिमा उनले नेता जस्ता मान्छेहरूलाई रोक्न खोजेको पनि देख्न सकिन्छ । यो फिल्मले देशको सीमानाको कथा भन्नेछ । यो फिल्मलाई सुशीलको अहिलेसम्मकै बबाल एक्सन भनिएको छ । फिल्ममा श्री श्रेष्ठको एक्सन छ ।

विजय केरुङको निर्देशनमा तयार भएको फिल्ममा कथा र लगानी दीपक सिवाकोटीको छ । फिल्ममा सुशीलको साथमा अन्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त वुढाथोकी, सुवास मेचे, वुद्दि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायतका कलाकारहरूको अभिनय छ ।

दिब्यासी फिल्मस्को व्यानरमा निर्माण भएको यो फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ। फिल्ममा शिव ढकालको डीओपी, बन्दे प्रसादको सम्पादन छ । फिल्मलाई आर.आर फिल्मस्ले वितरण गर्नेछ ।