वान सिनेमाले जेनजी आन्दोलनका शहीदको दर्शकका साथ हलमै सम्झना गर्ने गरेको छ । प्रत्येक फिल्म सुरु हुनुभन्दा अघि एक मिनेट मौनधारण गरेर जेनजी आन्दोलनका शहीदको सम्झना गर्ने गरिएको वान सिनेमाका महाप्रवन्धक उमेशराज गिरीले बताए । 


उनले भने, ‘जेनजी शहीदको सम्झनामा हामीले मौन धारण गर्ने गरेका हौँ । हाम्रो यो कदमले उहाँहरूले उठाएका मुद्दाको सुनुवाइ होस । जेनजीका सपना पूरा हुन मद्दत पुगोस् भन्ने कामना छ ।’


दर्शकले पनि हलको यो नियमलाई मानेको र शहीदको सपना पूरा गराउने अभियानमा जोडिएको गिरीले बताए । 


हलमा दर्शक भेला भएपछि एउटा डिस्प्ले देखाइन्छ । जहाँ लेखिएको छ, ‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा हामीले वीर नेपालीहरूलाई गुमायौँ । उहाँहरूको बलिदानको सम्मानमा कृपया एक मिनेट मौन धारण गरौँ । आत्माको चीर शान्ति र परिवारलाई शक्ति मिलोस् ।’