गायिका एलिना चौहान र रचना रिमालले आफूहरूको फेक आइडी बनाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन् । 


विशेषगरी, आफूहरूको नाममा आइडी खोलेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई सहयोग गर्ने भन्दै पैसा मागिएको उनीहरुको भनाई छ । 


गायिका रचना रिमालले आफ्नो नाम र फोटो प्रयोग गर्दै फेक आइडी बनाएर पैसा मागिएको उल्लेख गरेकी छिन् । उनले, आफूले कसैसँग पनि पैसा नमागेको भन्दै यस्तो आइडी खोल्नेहरूलाई तुरुन्त बन्द गर्न चेतावनी समेत दिएकी छिन् । 


सांगीतिक क्षेत्रमा लोकप्रिय यी दुई गायिका सांगीतिक टुरमा व्यस्त छन् । तर, जेनजी आन्दोलनबाट घाइते भएका र आर्थिक रुपमा कमजोर भएकाहरूलाई सहयोग गर्ने भन्दै कलाकारहरूको नामबाट फेक आइडी बनाउने क्रम बढेको छ । 


फेक आइडी बनाउनेहरूले क्यूआर कोर्ड समेत पठाउने गरेको पाइएको छ ।